close

कोरोना नियन्त्रणमा प्रयोग भइरहेका ७ वटा टोल फ्री नम्बर

टेकपाना टेकपाना

बैशाख १३, २०७७ १४:४२

कोरोना नियन्त्रणमा प्रयोग भइरहेका ७ वटा टोल फ्री नम्बर

काठमाडौं । कोरोनाभाइरसका कारण देशमा लकडाउन लागु भएसँगै विभिन्न सरकारी कार्यालयले सहजताको लागि अनेक माध्यम अपनाएका छन् । स्वास्थ्य मन्त्रालयले समेत चार अंकको टोल फ्री नम्बर प्रयोगमा ल्याएको छ ।

स्वास्थ्य मन्त्रालय सहित नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न सात वटा टोल फ्री नम्बर उपलब्ध गराइसकेको छ । जसमा ११३३ स्वास्थ्य मन्त्रालय मातहत प्रयोगमा छ भने १२३४ गृह मन्त्रालयले सवारी पासको लागि उपलब्ध गराउने कार्यका लागि उपयोग गरिरहेको छ ।

त्यस्तै मधेशी आयोगमा ११४८, गण्डकी प्रदेशमा रहेको स्वास्थ्य निर्देशनालयमा १०९२ तथा पोखरा महानगरपालिकामा ११८१ र ११८६ नम्बर प्रयोग भइरहेका छन् ।

त्यस्तै यसअघि अन्य सेवा दिन प्रयोग हुँदै आएको टोल फ्री नम्बर १११३ बाट हाल कोभिड–१९ को बारेमा जानकारी लिन सकिने गरी सञ्चालनमा छ । यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागमा रहेको १११५ नम्बरको टोलफ्री नम्बर पनि कोरोना भाइरसको महामारी नियन्त्रणमा प्रयोग भइरहेको छ ।

प्राधिकरणका अनुसार उल्लेखित सम्पूर्ण टोल फ्री नम्बरमा हालको समयमा फोन गरी कोभिड–१९ को जानकारी लिनेदेखि यसै सम्बन्धी विभिन्न सेवा लिन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३