close

डिसहोमका पुराना ग्राहकलाई एक महिनासम्म २०८ ओटै च्यानल निशुल्क

टेकपाना टेकपाना

बैशाख २१, २०७७ १५:५७

डिसहोमका पुराना ग्राहकलाई एक महिनासम्म २०८ ओटै च्यानल निशुल्क

काठमाडौं । डिस मिडिया नेटवर्क लिमिटेड (डिसहोम) ले विगत ६ महिनादेखि विभिन्न कारणले रिचार्ज गर्न नसकी बसेका सेवाग्राहिलाई एक महिना निशुल्क सेवा उपलब्ध गराउने भएको छ। आइतबारबाट सुरु भएको यो सेवा ३० दिनसम्म निःशुल्क उपलब्ध हुनेछ । जसमा ग्राहकले २०८ वटै च्यानलको मज्जालिन सकिने उल्लेख गरिएको छ ।

डिसहोमले निःशुल्क टोल फ्री नम्बर १६६००१२२००० र एनसेलको प्रयोगकर्ताको लागि ९८०११५५००० उपलब्ध गराएको छ । उक्त नम्बरमा ग्राहकहरूले आफ्नो नाम, फोन नम्बर र ठेगाना टिपाउने ग्राहकलाई बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म र नजिकैको घरैमा बसेका डिलर दाइ मार्फत घरैमा रिचार्ज गर्ने व्यवस्था मिलाएको थियो ।

यसको अलावा पनि केही ग्राहकले रिचार्ज नगरी बसेको पाइएसँगै डिसहोमले त्यस्ता ग्राहकलाई यो योजना उपलब्ध गराएको हो । घरबाट बाहिर निस्कीन नपाउँदा रिचार्जमा समस्या भएको हुनसक्छ् । त्यसैले पनि यो कार्यक्रामहरु घोषणा गरिएको डिसहोमले जनाएको छ ।

डिसहोमको यो प्रयासले कोरोनाका कारण लागुगरिएको लकडाउनको समयमा आना पुराना ग्राहकलाई पुनः जोड्ने मद्धत पुग्ने विश्वास लिएको छ । यस अघि नै सिनेमाहलहरु बन्द भएको अवस्थालाई मध्यनजर गर्दै डिसहोमले सिनामा घरको सुविधा उपलब्ध गराएको थियो । भने डिसहोमका १०८ र ८८८ च्यानलमा नयाँ नयाँ फिल्महरू पैसा तिरेर पनि हेर्ने व्यवस्था मिलाएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३