युट्युवले भन्यो चिनियाँ कम्युनिस्ट सरकार विरुद्ध लेखिएको कमेन्ट अटो डिलिट हुनुमा प्राविधिक त्रुटि
जेठ १४, २०७७ १३:५
काठमाडौं । मंगलबार एक जना चिनियाँ नागरिकले चीनको कम्युनिस्ट सरकारको विरुद्ध युट्वव भिडियोमा कमेन्ट गरेका थिए । उनले गरेको उक्त कमेन्ट केही सकेण्डमै डिलिट भयो ।
उनले फेरी पनि उक्त भिडियोमा कम्युनिस्ट सरकार डाँकु र ५० सेन्टको पार्टी भएको भन्दै कमेन्ट गरे । दोस्रो पटकको कमेन्ट पनि केही सेमण्डमै डिलिट भयो ।
#YouTube "automatically" deletes a comment in Chinese, "Gongfei", which means "communist bandit", in 15 seconds.
— Jennifer Zeng 曾錚 (@jenniferatntd) May 13, 2020
This person tested 3 times, same result. #油管 15秒內自動刪除「共匪」留言,網友連試三次皆如此。
他們找了個比李飛飛更厲害的AI專家? pic.twitter.com/MLCeko0SIY
बारम्बार कमेन्ट डिलिट भएपछि उनले कम्युनिस्ट सरकारको बिरुद्ध गरिएका कमेन्ट युट्युवले अटो डिलिट गरिरहेको भन्दै ट्वीटरमा भिडियो सार्वजनिक गरे । उक्त ट्वीट भाइरल भयो ।
युट्युवले बुधबार यस बिषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ । कम्पनीले सेन्सरशिपमा देखा परेको त्रुटिका कारण यस्तो हुन पुगेको जनाएको छ ।
YouTube has deleted every comment I ever made about the Wumao (五毛), an internet propaganda division of the Chinese Communist Party. Who at Google decided to censor American comments on American videos hosted in America by an American platform that is already banned in China?
— Palmer Luckey (@PalmerLuckey) May 26, 2020
उक्त समस्या हल गर्ने काम चलिरहेको भन्दै युट्युवका प्रवक्ताले भनेको छन्, ‘हेट स्पीच, ह्यारेसमेन्ट, स्पाम लगायतका कमेन्ट मोडरेसन गर्न बनाइएको सिस्टममा आएको समस्याले यस्तो भएको हो ।’
उनले प्रयोगकर्ताले यस्ता खालका समस्या दर्शाउँदा कम्पनीलाई आफ्नो सेवालाई अझ मर्यादित बनाउन सहयोग पुग्ने समेत बताएका छन् ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
