काठमाडौं । युवा पुस्ता पछिल्लाे समय सूचना प्रविधिसँग बढी नजिक छन् । उनीहरूकाे दैनिकी नै प्रविधिसँग जोडिएको छ । अध्ययनदेखि कार्यालयकाे काममा पनि उनिहरुको निर्भरता प्रविधिसँगै बढेकाे छ ।
ग्याजेट्स, आर्टिफिसियल इन्टिलिजेन्स (एआई), मशिन लर्निङ, क्लाउड सर्भिसजस्ता प्रविधिका पछिल्ला देनले विश्व परिवेशमै नयाँ खालको तरङ्ग पैदा गरिरहेको छ ।
युवा पुस्तालाई लक्षित गर्दै केही समयअघि निजि क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले ‘पावर सिम’ सार्वजनिक गरेको थियो । यसको उद्देश्य युवा पुस्तालाई निरन्तर इन्टरनेट र कलमार्फत एक अर्कासँग जोड्नु रहेको छ । सोही पावर सिम र त्यसमा उपलब्ध सेवा सुविधाबारे यहाँ हामी तपाईंलाई जानकारी दिँदै छौं ।
के हो एनसेलको ‘पावर सीम’ ?
मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले युवालाई लक्षित गर्दै ‘सही यो ! पावर सिम’ ट्याग लाइनका साथ यो पावर सिम ल्याएको छ । जसमा खेल, म्युजिक, डेटा, कल लगायतका विभिन्न सेवा एकै ठाउँमा बन्डलिङ गरिएको छ । याे सीममा पीआरबीटी, स्पोर्टिज, स्पोर्ट भिडियो पोर्टल, ‘दामी म्युजिक’, हंगामा म्युजिक प्रो लगायतका सेवा निःशुल्क रुपमा उपलब्ध गराइएको छ ।
पावर सिमका फाइदा
कल तथा डेटा
९९ रुपैंयामा बजारमा किन्न पाइने यो सिममा सुरुमा २० रुपैयाँको मेन ब्यालेन्स हुनेछ । साथमा ५०० एमबी डेटा (२५० एमबी फोरजीसहित), १० मिनेटकाे नेट टकटाइम र एक सयवटा नेट एसएमएस उपलब्ध हुनेछन् । जसको प्रयोग एक हप्तासम्म गर्न सकिन्छ ।
रिचार्जमा अफर
यसको साथै पावर सिमका लागि कम्पनीले ‘नयाँ स्टार्टर’ प्याकसमेत उपलब्ध गराएको छ । यसको अर्थ सिम कार्ड सुचारु भएको दिनभित्र (उदाहरणका लागि यदि तपाईंले दिउँदो २ बजे सिम कार्ड सुचारु गर्नु भएको छ भने त्यही दिन बेलुका १२ बजेभित्र) एक सय रुपैयाँ वा सोभन्दा माथिको रिचार्ज गरेको खण्डमा ३० दिनसम्म प्रत्येक दिन १५० एमबी डेटा बोनस प्राप्त हुनेछ ।
साथै एनसेलको चर्चित माई फाइभ सेवा १२ महिनासम्मका लागि पाउनेछन् । यसरी हरेक दिन प्राप्त हुने १५० एमबी डेटा भने सोही दिनभित्र सक्नुपर्नेछ । त्यस्तै माई फाइभ सेवामा तपाईंले आफ्ना पाँचजना एनसेलका सीम प्रयोग गर्ने साथिहरुलाई एड गर्न सक्नुहुनेछ ।
उक्त पाँच नम्बरमा पहिलो एक महिना नि:शुल्क कुरा गर्न सकिनेछ । साथै बाँकी ११ महिना ती नम्बरहरूमा केवल ९९ पैसा प्रतिमिनेटमा कुरा गर्न सकिनेछ । त्यतिमात्रै नभएर हरेक पटक एक सय रुपैयाँमा तपाईंले ५०० एमबी (२५० एमबी अलटाइम र २५० एमबी फोरजी) बोनस डेटा प्राप्त गर्नु हुनेछ ।
यसको अर्थ तपाईंले जति धेरै खर्च गर्नुभयो त्यति नै धेरै सेवा यो सिम कार्डमा प्राप्त गर्नुहुनेछ । यो सेवा सिम कार्ड सुचारु भएको मितिले १२ महिनासम्म लागू हुने कम्पनीले जनाएको छ ।
अन्य सुविधा
यो सिममा कम्पनीले बण्डलको रुपमा आउने पीआरबीटी (सेवा र स्वतः आउने टोन) निःशुल्क एक्टिभ गर्न सकिनेछ । निःशुल्कको हकमा सीमित रिङ ब्याक टोनमात्रै उपलब्ध रहेकाे छ । यदि तपाईं निःशुल्क उपलब्ध गराइएको टोनभन्दा अन्य टोन प्रयोग गर्न चाहनुहुन्छ भने त्यसका लागि १२ रुपैयाँ ७७ पैसा तिर्नुपर्ने हुन्छ ।
यसका साथै स्पोर्टिज पोर्टल सर्भिस, दामी म्युजिक र हंगामा म्युजिक प्रोको सब्स्क्रिप्सन पनि उपलब्ध गराइएको छ । हंगामा म्युजिक र स्पोर्टिज पोर्टल सर्भिस एक्टिभ भएसँगै एनसेलले तपाईंलाई म्यासेजमार्फत उक्त एप डाउनलोड गर्न लिंकसमेत उपलब्ध गराउनेछ ।
उक्त लिंकमा क्लिक गरी सहजै एप डाउनलोड गर्न सकिन्छ । उक्त डाउनलोड भएको एपमा एनसेलको पावर सिम नम्बर प्रयोग गरी सर्भिस एक्टिभ गर्न सकिनेछ ।
हंगामा म्युजिकमार्फत तपाईंले नि:शुल्क रुपमा गीत डाउनलोड गर्नुका साथै सुन्न सक्नुहुनेछ । स्पोर्टिज पोर्टल सर्भिसमार्फत खेलकुदमा रुचि राख्ने व्यक्ति विश्व खेलकुदबारे नियमित जानकारी प्राप्त गर्न सक्नेछन् ।
यी दुवै सेवा सिम कार्ड सुचारु भएको मितिले सात दिनभित्र एक्टिभ गर्न सकिने उल्लेख गरिएको छ । यो सेवा सिम कार्ड सुचारु भएको मितिले ३० दिनसम्म प्रयोग गर्न सकिने छ ।
गेम तथा म्युजिक प्याक
गेमिङ प्याक र म्युजिक प्याक खरिदका लागि ‘पावर सिम’ प्रयोगकर्ताले *१७१०३# डायल गर्नुपर्ने हुन्छ । गेमिङ प्याकको लागि भने करबाहेक ११० रुपैयाँ लाग्नेछ । जसमा सात दिन समयावधि रहेको २ जीबी डेटा पनि यसमा उपलब्ध हुनेछ । साथै सात दिनसम्म डिजिटल सर्भिस् (प्लेलाइभ, गेम्स पार्क र गेम्स प्लस) निःशुल्क सुचारु गर्न सकिनेछ ।
त्यस्तै, ग्राहकले कर बाहेकमात्र एक सय पाँच रुपैयाँमा म्युजिक प्याक सुचारु गर्न सक्नेछन् । म्युजिक प्याकअन्तर्गत ग्राहकले सात दिन समयावधिको २ जीबी डेटा प्राप्त गर्नेछन् । त्यस्तै तपाईंले डिजिटल सर्भिसको रुपमा अर्को सर्भिस दामी म्युजिक पनि निःशुल्क सुचारु गर्न सक्नुहुनेछ।
यो सेवा पनि सिम कार्ड सुचारु भएको मितिले एक साताभित्र एक्टिभ गर्न सकिनेछ । साथै सेवा ३० दिनसम्म प्रयोग गर्न सकिनेछ । तर, यी सबै सेवा एनसेलको डेटामार्फत मात्रै प्रयोग गर्न सकिनेछ । घर अथवा कार्यालयमा उपलब्ध हुने वाईफाईमा भने यसले काम गर्नेछैन ।
एनसेलको पावर सिम कसरी लिने ?
हामीले सिम कार्ड प्रयोग गरेको केही अनुभव तपाईंहरुलाई अन्त्यमा सुनाउने छाैं । त्योभन्दा पहिले यो सिम कार्ड कसरी लिने त ? त्यसका लागि के-कस्ता कागजातको आवश्यक पर्छ भन्ने विषयमा जानकारी दिन चाहन्छाैं ।
सिम कार्ड खरिदका लाति तपाईंले त्यस्तो कनुै किसिमको झन्झट बेहोर्नु पर्दैन । तर, त्यसका लागि तपाईं २५ वर्षभन्दा कम उमेरको हुनुपर्नेछ । यदि यो उमेरहद भित्र हुनुहुन्छ भने तपाईंले एनसेल सेन्टरका साथै आधिकारीक डिलरमा गएर यो सिम कार्ड खरिद गर्न सक्नुहुने छ ।
कम्पनीले यो सिम कार्ड खरिदको लागि विद्यार्थीको परिचयपत्र उपलब्ध हुनुपर्ने भनी उल्लेख गरेको छ । त्यसैले यदि तपाईंसँग विद्यार्थि परिचयपत्र भएको खण्डमा सहज हुनेछ । यदि छैन भने पनि त्यसले त्यति फरक पर्दैन ।
नागरिकता अथवा सवारी अनुमतिपत्र लिएर जानुभएको खण्डमा पनि तपाईंलाई सहज रुपमा यो सीम कार्ड उपलब्ध हुनेछ । अझ सहजताको लागि एनसेलले अनलाइनमार्फत नै सिम कार्ड रजिस्ट्रेसनको सुविधा पनि दिएको छ । अनलाइनमार्फत फाराम भरी त्यहाँ उपलब्ध भएको कोड लिएर गएको खण्डमा अझ सहज रुपमा सीम कार्ड प्राप्त गर्न सक्नुहुनेछ ।
आवश्यक कगजात
सक्कली नागरिकता अवथा सवारी अनुमतिपत्र (समय अवधि नसकिएको)
एक प्रति पासपोर्ट साइज फोटो
विद्यार्थीको परिचयपत्र (समय अवधि नसकिएको)
एक सय रुपैयाँ
सिम प्रयोगको अनुभव
यो सिम कार्ड प्रयोग गरेको केही दिनको अनुभव केही फरक नै रह्यो । विशेष गरी गेममा रुचि राख्ने र गेम खेल्न मनपर्नेका लागि विभिन्न बोनस, विभिन्न सेवाको सब्क्रिप्सन अनि नन–स्टप म्युजिकको मज्जा यो सिमको एउटा नयाँपन हो ।
त्योभन्दा पनि सिम कार्ड किनेको पहिलो दिन सय रुपैयाँ रिचार्ज गरेको खण्डमा तपाईंले ११ जिबि डेटा प्राप्त गर्नु हुनेछ । जसले तपाईंलाई समाजिक सञ्जालमा जोडिन र आफ्ना आफन्तसँग निरन्तर कनेक्टमा रहन समेत मद्धत गर्नेछ ।
साथै माई फाईभ सेवाले नियमित कल गर्नुपर्ने पाँच जनासँग एक महिनासम्म निःशुल्क गफ गर्ने सुविधा दिनेछ । साथै एक महिनापछि पनि सस्तो मूल्यमा उक्त पाँच नम्बरमा कल गर्न सकिने उल्लेख गरिएको छ ।
त्यो भन्दा पनि यो सिम कार्डको मज्जा भनेको जति तपाईं रिचार्ज गर्दै जानुहुन्छ त्यति नै धेरै बोनस प्राप्त गर्दै जानुहुनेछ । त्यसैले यो सिम प्रयोग अहिलको पुस्ताको लागि उपयुक्त हुनेछ ।