close

१०८ मेगापिक्सेल क्यामेरा भएको ‘एमआई टेन टी प्रो’ आउँदै, साथमा ८ जीबी र्‍याम

टेकपाना टेकपाना

भदौ २८, २०७७ ११:३२

१०८ मेगापिक्सेल क्यामेरा भएको  ‘एमआई टेन टी प्रो’ आउँदै, साथमा ८ जीबी र्‍याम

काठमाडौं । साओमीले चाँडै नै एमआई टेन टी र टेन टी प्रो बजारमा ल्याउँदै छ । तर यी दुवै फोनका विशेषताबारे साओमीले स्पस्ट विशेषता र सार्वजनिक मिति कम्पनीले नखुलाए पनि अमेजन स्पेनको वेबसाइटमा यी फोन सुचिकृत गर्दै फोनको मूल्य र केही मुख्य विशेषता सार्वजनिक गरिएको छ ।

अमेजन स्पेनकाे वेबसाइटमा यी फाेनका बारेमा सूचीकृत हुनुकाे अर्थ यी फाेन चीनबाहिरका बजारमा पनि उपलब्ध हुनेछ । यसअघिका साओमी एमआई टेन अल्ट्रा, साओमी रेडमी के थर्टी अल्ट्रा चिनियाँ बजारमा मात्र उपलब्ध थियाे ।

एमआई टेन टीको मूल्य ५४७ युरो अर्थात् ७६,५१६ नेपाली रूपैयाँ रहने अनुमान गरिएकाे छ । यसमा स्न्यापड्रागन ८६५ चिपसेट रहेको छ । साथै यसमा ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज रहनेछ । यसमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा रहनेछ ।

यस्तै प्रो मोडलमा पनि उही चिप प्रयोग हुनेछ, तर यसको मुख्य क्यामेरा १०८ मेगापिक्सेल सेन्सरको हुनेछ । यसको मूल्य ८/१२८ जीबी भेरियन्टकाे ६४० युरो अर्थात् ८९,५२६ रूपैयाँ र ८/२५६ जीबी भेरियन्टकाे ६६५ देखि ६७० युराेसम्म हुनेछ । याे फाेन ५ हजार एमएएचकाे ब्याट्रीसहित आउनेछ ।

फाइभजी फाेन कनेक्टिभिटी रहने दुवै फाेनकाे उस्तै डिजाइन देखिन्छ । फ्रन्टमा हाेल पञ्च क्यामेरा छ भने फ्ल्याट डिस्प्ले रहेकाे छ । त्यस्तै पछाडि क्वाड क्यामेराकाे डिजाइन देखिए पनि तीनवटा क्यामेराकाे सेटअप छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०