close

साओमीकाे आम्दानी नयाँ कीर्तिमान, दोस्रो चौमासिकमा ६४ प्रतिशतले वृद्धि

टेकपाना टेकपाना

भदौ ११, २०७८ ११:३३

साओमीकाे आम्दानी नयाँ कीर्तिमान, दोस्रो चौमासिकमा ६४ प्रतिशतले वृद्धि

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड साओमीले सन् २०२१ को दोस्रो चौमासिकमा १३.६ बिलियन डलर अर्थात १६ खर्ब भन्दा बढी आम्दानी गरेको छ । जुन अघिल्लो वर्ष सोही अवधिको तुलनामा ६४ प्रतिशत वृद्धि हो । पछिल्लो समय विश्वव्यापी रुपमा साओमीको बजार हिस्सा उल्लेख्य रुपमा वृद्धि हुँदै गएको छ ।

जसको प्रतिफल कम्पनीले दोस्रो चौमासिकमा ६.३ बिलियन युआन अर्थात ११ खर्ब भन्दा बढी खुद नाफा आर्जन गर्न सफल भएको छ । यो अघिल्लो वर्षको तुलनामा ८७ प्रतिशतले वृद्धि भएको हो ।

यसअघि कम्पनीले दोस्रो चौमासिकमा ८४ बिलियन युआन आम्दानी गर्ने अपेक्षा गरेको थियो । तर, कम्पनीले आफ्नो अपेक्षा भन्दा बढी अर्थात ८७‍‍.८ बिलियन युआन आम्दानी गरेको छ ।

कम्पनीका अनुसार यो हालसम्म कुनै पनि चौमासिकमा भएको आम्दानीको तुलनामा हालसम्मकै उच्च हो । यो उपलब्धिमा सबैभन्दा बढी योगदान स्मार्टफोनको रहेको छ । कम्पनीले स्मार्टफोनका लागि लिएको रणनीति सफल भएको बताएको छ ।

त्यस्तै आगामी दिनमा ‘ड्युअल ब्याण्ड’ स्ट्राटेजीलाई अघि बढाउने समेत उल्लेख गरिएको छ । जसमार्फत प्रयोगकर्तालाई थप नयाँ अनुभव प्रदान गर्दै जाने योजना कम्पनीको रहेको छ ।
  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१