close

पीसी र मनिटर बजारमा प्रवेश गर्दै ह्वावे

टेकपाना टेकपाना

असोज ९, २०७७ ९:३५

पीसी र मनिटर बजारमा प्रवेश गर्दै ह्वावे

काठमाडौं । अमेरिकाको प्रतिबन्ध र साओमीको पीसी मोनिटर बजारमा प्रवेशपछि अर्को ठूलो ग्लोबल टेक कम्पनी ह्वावे पनि पीसीको बजारमा प्रवेश गरेका खबर आएको छ ।

जीएसएमरेनाले एक विश्वासिलो स्रोतलाई आधार मान्दै ह्वावे पनि पीसी बजारमा प्रवेश गर्ने तयारीमा रहेको बताएको छ । ह्ववावे ब्राण्डको पीसी मोनिटरमा दुई किसिमका फ्ल्याट र कर्भ्ड डिस्प्ले हुनेछन् । 

खबर अनुसार ह्वावेको कर्भ्ड डिस्प्लेलाई टीपीभी कम्पनीले तयार गर्नेछ भने फ्ल्याटलाई बीओईको सब्सीडरी कम्पनी बीओईभीटीले निर्माण गर्नेछ ।

कर्भ्ड डिस्प्ले गेमिङ प्रयोजनका लागि प्रयोग हुनेछ । यसको साइज २७ देखि ३४ इन्चसम्मको हुनेछ । यस्तै यसको फ्ल्याट मोडलमा तीन भेरियन्ट उपलब्ध हुनेछन् । तर फ्ल्याट मोडलको विस्तृत विवरण भने आउन बाँकी नै छ । 

पीसी बजामा प्रवेश गर्नुका साथै कम्पनीले आफ्नो कस्टम हिसिलिकन सेभेन एनएम कुनपेङ ९२० ३२११ के प्रोसेसर प्रयोग गर्ने पनि खबर बाहिर आएकाे छ ।

ह्वावेले आफ्नो पीसीमा चाइना इलेक्ट्रोनिक्स ग्रुप र वूहान सेन्जिडुओ टेक्नोलोजीले विकास गरेको चिनियाँ अपरेटिङ सिस्टम युओएस प्रयोग गर्नेछ ।

यो पीसीलाई फक्सकनले निर्माण गर्नेछ । यसको पहिलो ब्याचको प्रोडक्टहरु ह्वावेकै कर्पोरेट क्लाइन्टहरुले प्रयोग गर्नेछन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०