काठमाडौं । १६ वर्षअघि ज्याक माले आफ्नो अनलाइन शपिङको साम्राज्यलाई बलियो बनाउन एउटा सानो पेमेन्ट सेवा ल्याएका थिए । थोरैले मात्र यो सफल हुने अपेक्षा गरेका थिए ।
अहिले यो सेवा एन्ट ग्रुपको मेरुदण्ड नै बनिसकेको छ । यो भुक्तानी प्रणाली अहिले एन्ट ग्रुपको दुई खर्ब डलरको सम्पत्ति बनिसकेको छ । सानो कुरा सुन्दर र शक्तिशाली हुन्छ भन्ने संस्थापक ज्याक माको विश्वासले यो ग्रुपको नाम नै एन्ट अर्थात् कमिला राखिएको हो ।
एन्ट ग्रुप चीनको एउटा सानो व्यावसायिक एकाइ हो । एन्ट ग्रुप अहिले हङकङ र साङ्घाइमा आफ्नो सार्वजनिक शेयर निस्कासनको तयारी गरिरहेको छ ।
यो आईपीओ निस्कासनसँगै ज्याकमाले दोस्रोपटक अहिलेसम्मकै सबैभन्दा ठूलो आईपीओ निस्कासन गर्नेछन् । ‘एन्ट ग्रुप ज्याक मा र चीइनको इन्टरनेट उद्योगका लागि सुनको श्रीपेच हो,’ रेस क्यापिटलका जनरल पार्टनर इडिथ युङ भन्छन् ।
एन्ट ग्रुप विश्वको एउटा ठूलो प्रविधि कम्पनी हो र चीनको सबैभन्दा ठूलो अनलाइन भुक्तानी प्लेटफर्म । चीनको वित्तीय जीवनका सबै पाटोमा यो एपको उपस्थिति छ ।
लगानी खाता र माइक्रो सेभिङ प्रडक्टदेखि इन्स्योरेन्स, क्रेडिट स्कोर र डेटिङ प्रोफाइलसम्म सबैमा यसको उपस्थिति छ । तर सुरुवातमा चीनको सम्भावित अनलाइन शपिङ उद्योगको भविष्यमा अवसर खोज्न साइड प्रोजेक्टको रुपमा सुरु भएको थियो यो ।
सन् २००४ तिर कमै मानिसहरुसँग डेबिट र क्रेडिट कार्ड हुने गर्दथ्यो । त्यसबेला अलिबाबाको बाबा ईकमर्स प्लेटफर्मको प्रयोग गर्ने क्रेता तथा बिक्रेताहरुलाई भुक्तानी कार्य सम्पन्न गर्न एउटा विश्वासिलो भुक्तानी प्रणाली आवश्यक थियो ।
ज्याकमाले अलिबाबाको फाइनाइन्स टिमलाई अलि पे बनाउने काम सुम्पिए । उक्त सर्भिसले विश्वासिलो थर्ड पार्टीको रुपमा काम गर्दछ । क्रेताहरुको पैसालाई यसले एस्क्रोमा होल्ड गरेर राख्दछ र सामान खरिद भएको छ र दुवै पार्टी सन्तुष्ट भइसकेको सुनिश्चित गरेर मात्र बिक्रेताको खातामा पैसा जम्मा गरिदिन्छ ।
‘जब मैले अली पे सुरु गरें, सबैले ज्याकमा हामीले देखेको अहिलेसम्मकै यो मूर्ख मोडल हो । यसलाई कसैले प्रयोग गर्दैन भन्थे,’ ज्याकमाले सीबीएस न्युजसँगको आफ्नो अन्तरवार्तामा २०१४ मा भनेका थिए ।
‘यो वैज्ञानिक होस् वा नहोस्, फेन्सी लुक्स होस् वा नहोस्, मलाई वास्ता छैन । मैले यस्तै भनेको थिएँ । तर जबसम्म यसले काम गर्दछ, तबसम्म यसले विश्वास विकास गर्न सहयोग गर्नेछ,’ उनले भनेका छन् ।
मनी सुपरमार्केट
भने जसरी नै यसले काम पनि गर्यो । आज अली पेका मासिक ७१ करोड १० लाख सक्रिय प्रयोगकर्ता छन् । एन्ट ग्रुपले आफ्नो रेगुलेटरी फाइलिङमा रिपोर्ट गरेअनुसार यसले १२ महिनामा एक हजार एक सय ८० खर्ब युआनको भुक्तानी सम्पन्न गरेको थियो ।
सन् २००९ मा सार्वजनिक भएको अली पे मोबाइल एपमा यस वर्षको पहिलो तीन महिना चीनको मोबाइल भुक्तानी बजारको ५५ प्रतिशत कारोबार भएको छ ।
जब प्रतिस्पर्धी टेन्सेन्टको टीसीईएचवाई विच्याट पे र क्यू क्यू वालेटमा ४० प्रतिशत कारोबार हुने गरेको बजार अनुसन्धान संस्था ईमार्केटरले देखाएको छ । यो एपले लाखौं करोडौं मानिसहरुलाई वित्तीय सेवामा जोडेको छ ।
अली पेका प्रयोगकर्ताहरुले इन्स्योरेन्स प्रडक्ट चयन तथा ब्राउज गर्नुका साथै बिल भुक्तानी, ऋण प्राप्त गर्नदेखि कर्मचारीलाई तलब दिने र मनी मार्केटमा लगानी गर्नेसम्मका कामहरु फत्ते गर्नसक्छन् ।
युङ यसलाई वित्तीय सुपरमार्केटसँग तुलना गर्छन् । वित्तीय बजारका लागि हरेक कुरा अली पेबाट गर्न सकिने उनी बताउँछन् ।
अलीपे अलीबाबाबाट सन् २०११ मा छुट्टै संस्थाको रुपमा अलग्गियो र सन् २०१४ मा एन्ट ग्रुपको हिस्सा बन्यो । ज्याक माले अलिबाबाको पहिलोपटक सन् २०१४ मा विश्वकै ठूलो आईपीओ निस्कासन गरेको रेगुलेटरी फाइलिङले बताउँछ ।
एन्टले अहिले धेरै किसिमका वित्तीय सेवा तथा वस्तुहरु प्रदान गर्दछ । अहिले चीनभरका हजारौं लाखौं मानिस तथा व्यावसायिक कम्पनीहरुका लागि यो दैनिक जीवनको एउटा हिस्सा बनिसकेको फाइनाइन्सियल टेक्नोलोजी कन्सल्टिङ तथा रिसर्च कम्पनी काप्रोनासियाका संस्थापक जेनन काप्रोन बताउँछन् ।
‘चिनियाँ मानिसहरुमा कम्पनीको प्रभावलाई बढाई चढाइ गर्न गाह्रो छ,’ उनी भन्छन् । यस्तै सन् २०१३ मा एन्ट ग्रुपले एउटा चर्चित सम्पत्ति व्यवस्थापन सर्भिस कम्पनी युई बाओ सार्वजनिक गर्यो ।
त्यसबाट प्रयोगकर्ताहरुले आफ्नो वालेटमा बचेको पैसालाई लगानी गर्न सक्दथे । लगानी गर्न सबैभन्दा सानो रकम एक युआनसम्म हुन्थ्यो । सुरु भएको छ महिनामा मात्र यू बाओले चार करोड ९० लाख प्रयोगकर्ता कमाएर दुई खर्ब ५० अर्ब युआन रकम संकलन गरिसकेको राज्य सञ्चालित अखबार चाइना डेलीले बताएको छ ।
अखबार अनुसार अधिकांश सम्पत्ति व्यवस्थापन सेवा प्रदान गर्ने परम्परागत बैंकहरुले बचतका लागि कम्तिमा पनि ५० हजार युआनसम्मको थ्रेडहोल्ड कायम गरेका थिए । यसैले यूई बाओलाई तत्कालै लोकप्रिय बनायो । विशेषगरी ती युवाहरुमाझ, जसको सानो पैसालाई बैंकहरुले बेवास्ता गर्दथे ।
सन् २०१८ मा यूई बाओ आफ्नो उचाईमा पुगेको थियो । त्यसबेला उसको सम्पत्ति १६ खर्ब ९० अर्ब युआन पुगेको फिच रेटिङ्सले देखाएको छ । त्यस समय चिनियाँ नियामक निकायले यूई बाओलाई प्रणालीगत जोखिमको चिन्ता व्यक्त गर्दै सम्पत्ति लुकाउन लगातार दबाव दिइरहेको थियो ।
यदि त्यति ठूलो पैसाले आफ्नो संकलनको जायज कारण देखाउन असफल भयो भने त्यसले चिनियाँ अर्थतन्त्रमा ठूलो क्षति पुर्याउन सक्ने चेतावनी दिइएको थयो । तर अझै पनि चीनको ठूलो मनी मार्केट फण्डको रुपमा यो कायमै छ । फिच रेटिङ्सका अनुसार यसवर्षको मार्च महिनामा यसको फण्ड १२ खर्ब ६० अर्ब युआन पुगेको थियो ।
अली पे र एन्ट इकोसिस्टमले धेरै मानिस तथा साना व्यापारीहरुलाई पैसा सापटी लिन, अनलाइन भुक्तानी लिनदेखि वास्तवमै आर्थिक सशक्तिकरण प्रदान गरेको छ ।
डेटाको ठूलो भण्डार
हजारौं लाखौं मानिसहरु आज अली पेको वित्तीय सेवा प्रयोग गरिरहेका छन् । यसैले चिनियाँ उपभोक्ताको स्वभावको बारेमा आज एन्ट ग्रुपसँग अतुलनीय र मूल्यवान डेटाको भण्डार छ ।
अमेरिकामा जस्तो चीनसँग विश्वासिलो क्रेडिट स्कोरिङ सिस्टम छैन । त्यस्तो अभावलाई पुरा गर्न सन् २०१५ मा एन्टले सिसेम क्रेडिट लन्च गरेको थियो ।
एन्ट ग्रुपले सिसेम क्रेडिटलाई ‘ट्रस्ट स्कोर’ को रुपमा व्याख्या गरेको थियो । व्यवसायी तथा उपभोक्ताहरुले सामानको भुक्तानी तथा सेवाको बुकिङका लागि यसप्रति कत्तिको इच्छा देखाउँछन् र यो कत्तिको क्षमतामैत्री छ भनेर मूल्यांकन गर्ने यो एउटा विधि थियो ।
यो चीनकै सबैभन्दा ठूलो क्रेडिट रेटिङ सिस्टम रहेको युङ बताउँछन् । तर लोन रेट प्राप्त गर्न बाहेक अन्य कुराको लागि पनि यो प्रयोग हुने गर्दथ्यो ।
‘अनलाइन डेटिङको लागि मैले सिसेम स्कोर प्रयोग हुने गरेको देखेको छु । तपाईंले आफ्नो क्रेडिट स्कोर आफ्नो डेटिङ प्रोफाइलमा डिस्प्ले गर्न मिल्ने किसिमको बनाउन सक्नुहुन्थ्यो,’ युङ भन्छन् ।
आफ्नो क्रय क्षमता प्रदर्शन गर्न मानिसहरुले चिनियाँ सामाजिक सञ्चालमा पनि सिसेम स्कोरलाई शेयर गर्ने गर्दथे । न्यून स्कोर भएको मानिसहरुले आफूलाई सेवाबाट लग आउट गर्दथे र सामान खरिद गर्न बन्द गरिदिन्थे ।
चिनियाँ अदालतहरुले ऋण नतिरेका मानिसहरुलाई पहिचान गर्न एन्टको सूची शेयर गर्न थाले । केही वर्षपछि एन्ट ग्रुपले ऋण डुबाउने १२ लाख मानिसहरुलाई सजाय दिन उनीहरुको डेटा प्रयोग गरी सिसेम स्कोरलाई घटाइदिनुका साथै अली पे प्रयोग गरेर सामान खरिद बिक्री गर्न रोक लगाइदियो ।
एन्टको उक्त कदम पश्चात एक लाख २६ हजार जनाले आफ्नो ऋण तिरेका सिन्ह्वामा लेखिएको छ ।सामाजिक मानहानी बाहेक ठूला प्रविधि कम्पनीहरुले आफ्नो ठूलो डेटामा एक्सेस पाइरहेको कुरा चिनियाँ इन्टरनेट प्रयोगकर्ताहरुलाई बिझाएको थियो ।
सन् २०१८ मा एन्ट कम्पनीले अली पे प्रयोगकर्ताहरुलाई सिसेम क्रेडिट युजर बेस बढाउन गलत बाटोमा लगेको गल्तीको लागि माफी पनि मागेको थियो ।
एन्टले नयाँ सेवा सार्वजनिक गरेको थियो । जसबाट प्रयोगकर्ताहरुले विगतका वर्षमा अली पे कति धेरै प्रयोग गरियो भन्ने कुरा थाहा पाउन सक्छन् । तर त्यो रिपोर्टको ल्याण्डिङ पेजमा एउटा बक्स थयो, जुन बाइ डिफल्ट चेक भयो ।
जसमा मानिसहरु ले सिसेम क्रेडिट प्रयोग गर्न सहमत भएको उल्लेख रहेको सिन्ह्वाले बताएको छ । यो कुराले प्रयोगकर्ताहरुलाई निकै दुःखित तुल्याएको थियो ।
किन भने प्रयोगकर्ताहरुले आफ्नो डेटा भण्डारण गर्न अटोमेटिक सिसेम लाइसेन्स प्रदान गरिरहेका रहेछन् । ती डेटा एनालिससहरु साझेदार संस्थाहरुसँग बाँडिन्थे । त्यसका लागि एन्टले माफी माग्दै डिफल्ट अप्सनलाई पछि अनचेक बक्समा परिवर्तन गरेको थियो ।
सबै कुरा प्रविधिमा
अघिल्लो वर्ष एन्ट फाइनाइन्सियलले आफ्नो नाम एन्ट ग्रुपमा परिवर्तन गर्यो । किनभने उ आफूलाई पुनःसंरचना गर्न चाहन्थ्यो । विगतमा एन्टले उपभोक्ता तथा कम्पनीहरुलाई ऋण, लगानी र बीमा उत्पादनहरु प्रदान गर्दथ्यो ।
तर पछिल्ला केही वर्षमा एन्टले आफूलाई एउटा यस्तो प्लेटफर्मको रुपमा परिणत गरेको छ, जसले बैंक तथा इन्स्योरेन्स कम्पनीहरुलाई सम्भावित सेवाग्राहीहरुसँग जोडिदिएकोमा शुल्क लिने गरेको मार्केट रिसर्च कम्पनी आर थ्रीका अनुसन्धानकर्ता सन्नी टियान रिपोर्टमा लेख्छन् ।
लिडिङ प्लेटफर्मको रुपमा एन्टले ‘थ्री-वान-जिरो सेवा’ प्रदान गर्दछ । जसको अर्थ आवेदन दिन तीन मिनेट, क्रेडिट डिसिजन लिन एक सेकेण्ड र निर्णयमा शून्य मानिसहरुको संलग्नता ।
तर यो लोनले मूलधारका बैंकहरुको सिन्डिकेट आउट भएको छ । ऋण बैंकको बुकमा बस्छ र फी पनि लिइन्छ । ‘एन्टको यो कदमले उसलाई मूलधारका वित्तीय कम्पनीहरुलाई विस्थापन गर्ने बाटोबाट च्यूत गरेको छ । र उसलाई आफ्नै जरामा पुर्याएर लेस क्यापिटल इन्टेन्सिभ टेक्नोलोजी विजनेसको रुपमा उभ्याएको छ ।’
एन्टले बाङ्नीटाउ पनि सार्वजनिक गरेको थियो । यो एउटा एआईमा आधारित इन्भेस्टमेन्ट एड्भाइजरी सेवा हो । यसका लागि उसले भ्यानगार्डसँग संयुक्त उपक्रम साझेदारी गरेको थियो । बाङ्नीटाउको अर्थ ‘लगानीका लागि सहयोग’ भन्ने हो ।
यसले केही यस्ता अल्गोरिदमहरु प्रयोग गरेको थियो, जसको मद्दतले उसले लगानी पोर्टफोलियोहरुलाई स्वत: रिएलोकेट गर्दछ । यसमा न्यूनतम लगानी भनेको आठ सय युआन हो । गत अप्रिलमा सार्वजनिक भएको यो प्रडक्टले तीन महिनामा दुई लाख नयाँ सेवाग्राही बनाइसकेको छ ।