close

साओमीको शक्तिशाली गेमिङ फोन ‘ब्ल्याक शार्क थ्री’ नेपालमा, साथमा १२ जीबी र्‍याम

टेकपाना टेकपाना

असोज २१, २०७७ ९:२३

साओमीको शक्तिशाली गेमिङ फोन ‘ब्ल्याक शार्क थ्री’ नेपालमा, साथमा १२ जीबी र्‍याम

काठमाडौं । ओला इलेक्ट्रोनिक्स प्रालिले नेपालमा साओमीको नयाँ फोन ब्ल्याक शार्क थ्री सार्वजनिक गरेको छ । याे फाेन साओमीको बहुप्रतिक्षित गेमिङ फोन हो । 

फोनको कुरा गर्दा यसमा शक्तिशाली स्नापड्रागन ८६५ चिपसेट छ । साथै यसको पछाडीपट्टि ट्रिपल क्यामेरा सेटअप रहेको छ । 

गेमको राम्रो अनुभवका लागि यस फोनमा धेरै एक्सेसरिज राखिएका छन् । अझ यसको प्रो भेरियन्टमा डेडिकेटेड गेमिङ सोल्जर बटन पनि छ ।

तर यस मोडलमा भने गेमिङ सोल्जर बटन राखिएको छैन । ब्ल्याक शार्क थ्री फोन आर्मोर ग्रे, लाइटनिङ ब्ल्याक र स्टार सिल्भर रंगहरुमा उपलब्ध छ । 

यस फोनमा ८ जीबी र्‍याम र १२८ जीबी इन्टरनल स्टोरेज तथा १२ जीबी र्‍याम र २५६ जीबी इन्टरनल स्टोरेज भेरियन्ट छन् । 

गेमका लागि तयार गरिएको यो फोनमा धेरैवटा गेमिङ एक्सेसरिज छन् । साओमीका अनुसार यस फोनभित्र राखिएको कुलिङ फ्यानले एक मिनेटमा डिभाइसको तापक्रमलाई १४ डिग्री सेल्सियसले कमी गर्दछ । यसमा वायर र वायरलेस दुवै किसिमका एयरफोनहरु छन् ।

एन्ड्रोइड टेन अपरेटिङ सिस्टम रहेको यस फोनको स्क्रिन फिचरको कुरा गर्दा यसमा ६.६७ इन्चको ठूलो एमोलेड डिस्प्ले छ ।

यसको रेज्युलेसन १०८० गुणा २४०० पिक्सल र २०:९ एस्पेक्ट रेसियो रहेको छ । यसको पिक्सल डेन्सिटी भने ३९४ पीपीआ छ । यो फोनको डिस्प्लेमा ९० हर्जको रिफ्रेस रेट र २७० हर्जको टच स्याम्पिङ रेट छ । 

यसमा एन्ड्रिनो ६५० जीपीयूको ग्राफिक्स छ ।  

फोनको क्यामेराको कुरा गर्दा यसमा रहेको ब्याक सेटअप ट्रिपल क्यामेरामा ६४ मेगा पिक्सलको प्राइमेरी सेन्सर, १३ मेगा पिक्सलको सेकेण्डरी सेन्सर र ५ मेगापिक्सलको अर्को सेन्सर रहेको छ । यसमा २० मेगापिक्सलको सेल्फी शूटर छ । 

३.५ एमएमको हेडफोन जेक, युएसबी टाइप सी पोर्ट र अन्डर डिस्प्ले फिङ्गर प्रिन्ट स्क्यानर यसका फिचरहरु हुन्छ । 

यसको ब्याट्री ब्याकअप पनि एकदमै राम्रो छ, जसमा ४७२० एमएएचको ब्याट्री र ६५ वाटको फास्ट चार्जिङ पाउन सकिन्छ । यसको तौल भने २२२ ग्राम रहेको छ । 

ओला इलेक्ट्रोनिक्सले यस फोनमा एक वर्ष र ब्याट्री चार्जरमा छ महिनाको वारेन्टी दिएको छ । कम्पनीले अहिले १२ जीबी भेरियन्टको फोन नेपालमा सार्वजनिक गरेको हो ।

यसको मूल्य ९८ हजार ४९० रुपैयाँ रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०