close

मिडरेन्ज सेगमेन्टमा ह्वावेले ल्यायो फाइभजी फोन ‘नोभा एट एसई’

टेकपाना टेकपाना

कात्तिक २२, २०७७ १४:४०

मिडरेन्ज सेगमेन्टमा ह्वावेले ल्यायो फाइभजी फोन ‘नोभा एट एसई’

काठमाडाैं । ह्वावेले फाइभजी सपाेर्ट गर्ने स्मार्टफाेन ‘नोभा एट एसई’ सार्वजनिक गरेको छ । यसअघि कम्पनीले गत अप्रिलमा नोभा सेभेन एसई र गत महिना नोभा सेभेन एसई फाइभजी सार्वजनिक गरेको थियाे ।

१७८ ग्राम तौल र ७.४६ एमएम मोटाइ भएकाे फाेनमा मेडिया टेक डाइमेन्सिटी ८०० यु प्रेसेसर छ । ह्वावे एट एसईमा पछाडि चारवटा क्यामेरा छ । फोटोग्राफीका लागि याे फाेनकाे क्यामेरा उपयाेगी हुने अनुमान गरिएकाे छ ।

फाेनमा ६४ मेगापिक्सलको मुख्य क्यामेरा छ । यसबाहेक यसमा ८ मेगापिक्सेलको अल्ट्रावाइड र दुई मेगापिक्सेलको सेन्सर छ । सेल्फी फोटो तथा फ्रन्ट भिडियोका लागि १६ मेगापिक्सेलको क्यामेरा रहेको छ । 

डिस्प्लेको कुरा गर्दा ६.५३ इन्चको फुल एचडी प्लस ओलेड स्क्रिन रहेको छ । जसमा ६० हर्जको रिफ्रेस रेट रहेको छ । यसमा ८ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टाेरेज क्षमता रहनेछ ।

यसको ब्याट्री ब्याकअपको कुरा गर्दा अहिलेको फ्ल्यागशिप फोनको तुलनामा कमजोर रहेको छ । यसमा ३८०० एमएएचको ब्याट्री र ६६ वाटको फास्ट चार्जिङ छ । 

फोनको फ्रेमको दायाँतिर पावर बटन र भोल्युम रकर बटन राखिएको छ । यसमा आइफोन ट्वेल्भको जस्तै फ्ल्याट फ्रेम छ । यो फोन चारवटा कलरमा उपलब्ध छ ।

चीनमा नोभेम्बर ११ देखि बिक्री हुने यो फोनको मूल्यको कुरा गर्दा स्ट्यान्डर्ड एडिसन २५९९ चिनियाँ युआन (४६,६०० नेपाली रूपैयाँ) र हाइ एडिसन २६९९ चिनियाँ युआन (४८,४०० नेपाली रूपैयाँ) छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०