काठमाडौं । गुगलले मान्छेको छालामा छोएर नियन्त्रण गर्न सकिने स्मार्टवाच र एयरबड निर्माण गर्ने भएको छ । स्मार्टवाच र एयरबडको बढ्दो प्रयोगका बीच कम्पनीले आफ्नो आगामी परियोजनाको रुपमा यसलाई अघि बढाएको हाे ।
यसका लागि कम्पनीले हालै प्याटेन्ट दर्ता गराएको छ, जुन हाल बजारमा उपलब्ध स्मार्टवाच र एयरबडको तुलनामा निकै फरक हुनेछ ।
अहिलेको अवस्थामा साउन्ड बढाउन/घटाउन, स्लाइड गर्न, गीत बजाउन र रोक्न एयरबड अथवा स्मार्टवाचको स्क्रिनमै क्लिक गर्नुपर्ने बाध्यता छ ।
तर, गुगलले भने स्क्रिनमा टच गरेर गर्नुपर्ने झन्झटलाई अन्त्य गर्दै स्मार्टवाच र एयरबडमा साउन्ड बढाउन/घटाउन आफ्नो छालामा छुँदा हुने बनाउने भएको छ ।
दर्ता गरिएको पेटेन्ट अनुसार मल्टिपल सेन्सर प्रयोग गरेर यो खालको प्रविधि निर्माण गरिएको हो । जसले नजिकै भएको मुभमेन्टलाई बुझेर काम गर्नेछ ।
यसका साथै यसमा मसिन लर्निङ प्रविधिको पनि प्रयोग गरिएको छ ।
गुगलले ल्याउने यो प्रविधि बजारमा कहिलेबाट उपलब्ध हुनेछ भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन ।