close

अब मोबाइल एपमा युट्युव भिडियो फुल एचडीमा हेर्न सकिने

टेकपाना टेकपाना

कात्तिक २२, २०७७ १७:४०

अब मोबाइल एपमा युट्युव भिडियो फुल एचडीमा हेर्न सकिने

काठमाडौं । युट्युवले गत मार्चदेखि विश्वभर आफ्नो फुल एचडी प्लस भिडियो क्वालिटीलाई घटाएर ४८० पिक्सेल रेजोलुसनमा सीमित गरिदियो । कम्पनीले कोरोना महामारीको समयमा इन्टरनेटमा पर्नजाने भारलाई कम गर्नका लागि लिएको थियो ।

किन भने कोरोना संक्रमणका कारण विश्वभर लकडाउन जारी थियो र मानिसहरु घरभित्रै बस्न बाध्य थिए । यस्तोमा युट्युवमा आफ्नो समय विताउनेको संख्या र समय ह्वात्तै बढ्न पुग्यो ।

जसले गर्दा इन्टरनेटमा किनै भार पर्न गयो । जसलाई कम गर्न कम्पनीले एचडी क्वालिटीलाई बन्द गरिदिएको थियो । तर अब प्रयोगकर्ताका लागि मोबाइलमा फुल एचडी भिडियो क्वालिटी उपलब्ध गराउन थालिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०