close

सिक्सजी परीक्षणका लागि चीनले गर्‍यो सफल भू-उपग्रह प्रक्षेपण

टेकपाना टेकपाना

कात्तिक २३, २०७७ १७:२४

सिक्सजी परीक्षणका लागि चीनले गर्‍यो सफल भू-उपग्रह प्रक्षेपण

काठमाडौं । विश्वमा अझै फाइभजी कार्यान्वयन भइसकेकाे छैन । तर चीनले विश्वको पहिलो सिक्सजी भू-उपग्रह प्रविधि परीक्षणका लागि अन्तरिक्षमा सफल प्रक्षेपण गरेको छ । शाङ्छी प्रान्तस्थित ताइयुआन भू-उपग्रह प्रक्षेपण केन्द्रमा अन्य १२ वटा भू-उपग्रहहरुसँगै उक्त उपग्रहलाई पृथ्वी कक्षमा छोडिएको हो  । 

सिक्सजी नेटवर्कको विशेषताबारे दूरसञ्चार क्षेत्र तथा यसक्षेत्रमा आबद्ध विज्ञहरु अझै धेरै वर्षसम्म एकमत हुने अवस्था छैन । यसैकारण अहिलेको परीक्षणबाट पनि सिक्सजी प्रविधिको फाइनल स्ट्याण्डर्ड बाहिर आउँछ भन्ने कुरामा स्पष्ट भएको छैन ।

चीनले यो प्रविधि फाइभजीभन्दा धेरै गुणा तीव्र हुन सक्ने आँकलन गरेको छ । तर सिक्सजीमा डेटा ट्रान्समिसनका लागि उच्च फ्रिक्वेन्सी टेराहर्ज वेब प्रयोग गर्न सकिन्छ, जुन फाइभजीभन्दा सय गुणा छिटो हुनेछ । 

यसबाहेक उक्त भू-उपग्रहमा प्रकोप निरीक्षण गर्न सकिने र बन आगलागीलाई रोकथाम गर्न सकिने प्रविधि पनि सँगै छ । 

याे भूउपग्रहकाे नाम युनिभर्सिटी अफ इलेक्ट्राेनिक साइन्स एन्ड टेक्नाेलाेजी सेन्टरबाट राखिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०