close

ठूलो परिमाणमा अवैध सिमकार्ड र मोबाइल सहित चार चिनियाँ नागरिक पक्राउ

टेकपाना टेकपाना

कात्तिक २९, २०७७ १०:४८

ठूलो परिमाणमा अवैध सिमकार्ड र मोबाइल सहित चार चिनियाँ नागरिक पक्राउ

काठमाडौं । ठूलो मात्रामा अवैध फोन तथा सिमकार्ड सहित चिनियाँ नागरिक पक्राउ परेका छन् । शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले चार चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार ती चिनियाँसँग नेपाली टेलिफोन सेवा प्रदायकका ४ सय २० वटा सिमकार्ड थियो । साथै २६ वटा मोबाइल फोन पनि उनीहरूकाे साथमा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरु विमानस्थलबाट युनाइटेट अरब इमिरेट्सकाे दुबई जाने तयारीमा थिए । ठूलाे परिमाणमा सिमकार्ड भेटिएसँगै प्रहरीले उनीहरु अवैध रुपमा कल बाइपासमा संलग्न भएको हुने सक्ने जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०