close

ट्राफिक कारबाहीमा पर्नुभयो ? यसरी लिनुहोस् अनलाइन सचेतना कक्षा

टेकपाना टेकपाना

मंसिर २१, २०७७ १०:३६

ट्राफिक कारबाहीमा पर्नुभयो ? यसरी लिनुहोस् अनलाइन सचेतना कक्षा

काठमाडौं । कोभिड १९ को महामारीका कारण स्थगित सचेतना कक्षा पुनः सुचारु भएको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखाले महामारी संक्रमणको विद्यमान जोखिमलाई मध्यनजर गर्दै भर्चुअल रुपमा ट्राफिक सचेतना कक्षा लिने व्यवस्था मिलाएको हो ।

मापसे गरेका सवारी चालक, लेन अनुशासन उलंघन गरी सवारी चलाउने सवारी चालक र रातो बत्तिमा समेत ट्राफिक नियम उलंघन गरी सवारी चलाउने चालकहरुमाथि ट्राफिक प्रहरीले कारबाही गर्दै आएको छ । कारबाहीमा परेका सवारी चालकहरुका लागि हरेक दिन दिउँसो १२ बजेदेखि एक बजेसम्म, १ः३० बजेदेखि २ः३० बजेसम्म र ३ बजेदेखि ४ बजेसम्म गरी तीन वटा ट्राफिक सचेतना कक्षाको व्यवस्था गरिएको छ ।

कक्षाको समय सुरु हुनुभन्दा १० मिनेट अगावै जोइन गरिसक्नुपर्नेछ । सार्वजनिक विदाको दिन भने भर्चुअल कक्षा सञ्चालन नहुने महाशाखाले जनाएको छ ।

अनलाइन कक्षामा सहभागी चालकहरुको रेकर्ड महाशाखामा समेत अध्यावधिक रहनेछ । उनीहरुले तोकिएको दस्तुर तिरी महाशाखाको कोठा नम्बर ५ बाट आफ्नो कागजपत्र बुझ्न सक्नेछन् ।

तर भर्चुअल सचेतना कक्षामा सहभागी नभएका चालहरुले भने कागजपत्र नदिइने जनाइएको छ ।यदि तपाईं पनि ट्राफिक प्रहरीको कारबाहीमा पर्नु भएको छ भने आज हामी भर्चुअल ट्राफिक सचेतना कक्षामा कसरी सहभागी हुने भन्ने बारेमा बताउँदै छौं ।

कसरी हुने सहभागी ?

  • सुरुमा आफ्नो मोबाइल तथा कम्प्युटरमा माइक्रोसफ्ट टिम एप डाउनलोड गर्नुहोस् ।
  • अब यहाँ क्लिक गरी अनलाइन क्लासमा जानुहोस् ।
  • यदि तपाईंसँग ट्राफिक प्रहरीले काटेको चिट छ भने इन्टर नेम (Enter Name) भएको स्थानमा आफ्नो चिट नम्बर र पुरा नाम लेखि जोइन नाउ (Join Now) मा क्लिक गर्नुहोस् । यति गरेपछि तपाईं ट्राफिक प्रहरीको भर्चुअल कक्षामा सहभागी हुन सक्नुहुनेछ ।
  • यस बाहेक कम्प्युटरमा माइक्रोसफ्ट टिम एप डाउनलोड नगरी यहाँ क्लिक गरी अनलाइन क्लासमा गएर कन्टिन्यू अन दिन ब्राउजर (Continue on this browser) मा क्लिक गरेर सोझै भर्चुअल कक्षामा सहभागी हुन सक्नुहुनेछ ।
  • चिट नहुने इच्छुक व्यक्तिहरुले समेत आफ्नो पुरा नाम र सम्पर्क नम्बर उल्लेख गरी जोइन नाउ (Join Now) मा क्लिक गरी ट्राफिक प्रहरी सचेतना कक्षामा भाग लिन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०