फोटोलाई सिनेम्याटिक भिडिओ बनाउनु पर्यो ? प्रयोग गर्नुहोस् गुगल फोटोजको यो फिचर
बैशाख १९, २०८३ १३:४
काठमाडौँ । कन्टेन्टमा फोटो मात्र राख्नुभन्दा बी-रोल भिडिओ राख्दा दर्शकलाई पक्कै अझ राम्रो अनुभव मिल्छ । त्यसैले अहिले फोटोलाई मुभ गराउने वा स्लाइडशो बनाउने ट्रेन्ड छ । तर के तपाईंलाई थाहा छ ? गुगल फोटोजमा भएको एउटा फिचर चलाएर तपाईंले आफ्नो फोटोलाई नै उत्कृष्ट ‘सिनेम्याटिक भिडिओ’मा बदल्न सक्नुहुन्छ ।
यसले फोटोको ब्याकग्राउन्ड र फोरग्राउन्ड आफैं छुट्टाएर आकर्षक सिनेम्याटिक शट तयार गरिदिन्छ । निःशुल्क रूपमा प्रयोग गर्न सकिने यो फिचर कसरी चलाउने भनेर तल सिकाइएको छ:
-
सबैभन्दा पहिले गुगल फोटोज एपमा जानुहोस् ।
-
त्यसपछि आफूले सिनेम्याटिक भिडिओ बनाउन चाहेको फोटो छान्नुहोस् ।
-
यति गरेपछि माथि दायाँपट्टि रहेको तीन ओटा डटमा ट्याप गर्नुहोस् ।

-
र, ‘क्रियट’ को अप्सन छान्नुहोस् ।

-
अनि अन्तिममा देखिएको ‘सिनेम्याटिक फोटो’ (Cinematic photo) को अप्सनमा जानुहोस् ।
-
यति गरेपछि त्यसको केही समयमै तपाईंको सात सेकेन्डको सिनेम्याटिक भिडिओ तयार हुन्छ । उक्त भिडिओ सेभ गरेर आफ्नो आवश्यकता अनुसार प्रयोग गर्न सक्नुहुन्छ ।
पछिल्लो अध्यावधिक: बैशाख १९, २०८३ १३:३५
