close

स्वदेशमै सीप सिकाउन सुरु भयो ‘सीपशाला’, जागिर खोज्न पनि सजिलो

टेकपाना टेकपाना

मंसिर २८, २०७७ १८:१६

स्वदेशमै सीप सिकाउन सुरु भयो ‘सीपशाला’, जागिर खोज्न पनि सजिलो

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीलाई स्वदेशमै अवसर सिर्जना गर्न नयाँ प्रणालीको विकास गरिएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) नेपालको प्राविधिक सहयोगमा स्मार्टपालिकाले तयार भएको उक्त प्रणालीले वैदेशिक रोजगारीबाट फर्किएकालाई स्वदेशमै रोजगारी खोज्न सहयोग पुर्याउनेछ ।

सीपशाला’ नाम दिइएको उक्त प्रणालीले खासगरी कोभिड १९ कारण वैदेशिक रोजगारीमा देखा परेको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्य राखेको छ । यो प्रणालीले विदेशमा काम गरिरहेका तर पछिल्लो समय स्वदेश वा विदेशमै रहेका नेपाली कामदारहरुको सीप र सीप अनुसार जागिर वा उद्यमी बनाउन सहयोग गर्ने जनाइएको छ ।

अत्याधुनिक प्रविधि मार्फत सीप अनुसारको रोजगारी खोज्न र रोजगारीको अवसर चाहिनेलाई प्रदान गर्न मिल्ने सरल र सहज प्लेटफर्मको रुपमा ‘सीपशाला’ सुरु भएको कम्पनीले जनाएको छ सीपशाला मार्फत विभिन्न क्षेत्रमा धेरै किसिमका अवसर सिर्जना गर्न सकिन्छ । रोजगारी, श्रम, व्यापार, साझेदारी, लगानी लगायत थुप्रै अवसर प्रणालीबाट लिन र दिन सकिने जनाइएको छ ।

खासगरी भारत, कतार, दुबई, मलेसिया, मकाउ, साउदी अरब, कुवेत लगायतका देशमा श्रम गर्ने नेपालीले आफ्नो श्रमलाई स्वदेश मै रोजगारी वा स्व–उद्यमशिलता उत्पन्न गराउन आवश्यक सहजीकरण गर्ने निर्माताको दाबी छ ।

सीपशालाले सिधै स्थानिय सरकारलाई सीप व्यवस्थापनमा सहयोग गर्नेछ । हाल यो प्रविधि प्रदेश १ को बिवाटनगर महानगरपालिका, गण्डकी प्रदेशको वालिङ नगरपालिका र कर्णाली प्रदेशको विरेन्द्रनगर नगरपालिकमा प्रयोगमा आएको सेलएपका प्रमुख कार्यकारी अधिकृत मनोज भट्टराईले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४