काठमाडौं । फ्युचर एजुकेसन अफ साइन्स एण्ड टेक्नोलोजी (फेस्ट) ले ५० प्रतिशत छुट सहित अनलाइनबाटै विभिन्न प्रोग्रामिङ ल्याङवेजका कक्षा सञ्चालन गर्ने भएको छ । कम्पनीले आउँदो पुष ५ गतेदेखि प्रोग्रामिङ कक्षा सञ्चालन गर्ने भएको हो ।
उक्त कक्षामा सी र सी प्लस प्लस ल्याङवेज ५० प्रतिशत छुटमा पढाइनेछ । त्यसैगरी एन्ड्रोइड प्रोग्रामिङ ल्याङवेज, पाइथन, जाभा, वेब डिजाइनिङ, एसपीडट नेट, आईओएस, पीएचपी सहितका कक्षामा ३० प्रतिशत छुट उपलब्ध गराइने बताइएको छ ।
साथै फेस्टमा पढ्ने विद्यार्थीलाई इन्टनशिपका साथै दक्ष विद्यार्थीलाई जागिरको पनि व्यवस्था गरिएको कम्पनीले जनाएको छ । कम्पनिका अनुसार इच्छुकले यहाँ क्लिक गरि अनलाइन फर्म भर्न सक्ने छन् ।