close

नेपालको डिजिटल अर्थतन्त्र प्रवर्द्धनमा अमेरिकाले सघाउने

टेकपाना टेकपाना

पुस ३, २०७७ १३:३१

नेपालको डिजिटल अर्थतन्त्र प्रवर्द्धनमा अमेरिकाले सघाउने

काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपालको डिजिटल अर्थतन्त्र प्रवर्द्धनमा सहकार्य गर्ने भएको छ । हालै सम्पन्न नेपाल–संयुक्त राज्य अमेरिका व्यापार र लगानी फ्रेमवर्क सम्झौता(टीफा) अन्तर्गतको व्यापार र लगानीसम्बन्धी काउन्सिलको पाँचौं बैंठकमा अमेरिकाले नेपालको डिजिटल अर्थतन्त्र प्रवर्द्धनमा सहकार्य गर्ने सहमती जनाएको हो ।

उक्त बैठकमा अमेरिकाले बौद्धिक सम्पत्ति संरक्षण र कार्यान्वयनमा सुधार गरी नवप्रवर्तन र लगानीलाई प्रोत्साहन गर्ने विषयमा समेत नेपालसँग संलग्नता बढाउने प्रतिबद्धता जनाएको छ ।

नेपालले गर्न लागेको बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी कानुनी व्यवस्थाको अमेरिकाले स्वागत गरेको छ । सोही क्रममा अमेरिकाले डिजिटल व्यापारको भूमिकालाई महत्व दिँदै नेपाल र अमेरिका डिजिटल अर्थतन्त्र प्रवर्द्धनमा सहकार्य गर्ने जनाएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४