काठमाडौं । टिकटक बनाउँदा झोलुङ्गे पुलबाट खसेका युवकको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीका २४ वर्षीय रमेश थापाको उपचारका क्रममा सोमबार मृत्यु भएको हो ।
शनिबार दिउँसो टिकटक बनाउने क्रममा सवा दुई बजेतिर बबई गाउँपालिका वडा नं. ५ पुरन्धारा झरना नजिकैको बबई नदीको झोलुङ्गे पुलबाट खसेर उनी गम्भीर घाइते भएका थिए ।
बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचारत उनको सोमाबार मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पुरन्धारा झरनामा पिकनिक खान गएका थापा टिकटक बनाउन भन्दै बबई माथिको झोलुङ्गे पुलको सपोर्ट तारमा झुण्डिएका थिए ।
लामो समय झुन्डिएपछि हात गलेर उनी झन्डै २० मिटर तल बगरमा खसेका थिए ।