विलियम झाङ्ग, प्रमुख कार्यकारी अधिकृत, ह्वावे नेपाल
काठमाडौं । पछिल्ला २१ बर्षदेखि, ह्वावेले नेपालको आईसीटी उद्योगमा सेवा गर्दै आएको छ । सूचना र सञ्चार प्रविधि (आईसीटी) पूर्वाधार र स्मार्ट उपकरणहरूको विश्वको एक अग्रणी प्रदायकको रूपमा, ह्वावे प्रत्येक व्यक्ति, घर, र संगठनको लागि पूर्ण कनेक्टेड, इन्टेलिगेन्ट संसारको लागि डिजिटल ल्याउन प्रतिबद्ध छौं । आर एन्ड डीमा दिगो र ठूलो लगानी ह्वावे प्रविधिको अग्रणी स्थानमा रहनुको मुख्य कारक हो ।
ह्वावेले १७० भन्दा बढी देशहरूमा विश्वको तीन अर्बभन्दा बढी जनसंख्यालाई जोडेको छ, नेपाल तिनीहरू मध्ये एक हो ।
नेपालमा टेलिकम अपरेटरहरूसँगको संयुक्त प्रयासबाट ह्वावेले टुजी, थ्रीजी, फोरजी टेक्नोलोजी नेपालमा ल्यायो र देशभर हिमालयदेखि तराईसम्म कनेक्टिविटी पुर्याएको छ । फोरजी टेक्नोलोजीको साथसाथै नेपालले विगतका वर्षहरूमा उच्च गुण र वेगका साथ इन्टरनेटको प्रयोगमा ठूलो वृृद्धि देखेको छ ।
यस टेक्नोलोजीले संचार क्षेत्रका लागि मात्र नभई ईकमर्स, अनलाइन शिक्षा, डिजिटल फाइनान्स, अनलाइन भिडियो स्ट्रिमिङ, अनलाईन सोसल नेटवर्किङ र समग्र सामाजिक आर्थिक क्षेत्रलाई फाइदा पुर्याउने अन्य अनलाइन गतिविधिहरूका लागि पनि देशलाई प्रगतिशिल बनाएको छ ।
कनेक्टिविटी निर्माणका साथै ह्वावेको आईसीटी टेक्नोलोजी र इकोसिस्टमले सरकारदेखी लिएर वित्तीय संस्था, एयरलाइन्स, इन्टरनेट सेवा प्रदायक, मिडिया आदिमा जस्ता विभिन्न क्षेत्रका संगठनहरूलाई मद्दत गरिरहेको छ ।
यसले आईसीटी टेक्नोलोजी प्रयोग गरेर आन्तरिक दक्षता, र उनीहरुको सेवाहरू अधिक सुविधाजनक, सजिलो, र द्रुत प्रसंस्करण बनाई डिजिटल रूपान्तरणको प्रगतिलाई गति दिन मद्दत गरेको छ। ।
उपभोक्ता व्यवसायमा ह्वावे नेपालको बजारमा सब भन्दा मनपर्ने स्मार्टफोन र स्मार्ट उपकरण ब्रान्ड हो । ह्वावे स्मार्टफोनहरू नेपालमा सबै क्षेत्रका मानिसहरूले व्यापक रूपमा प्रयोग गर्दछन् जसले उनीहरूको जीवनलाई बढी सुविधाजनक बनाईरहेको छ ।
ह्वावेले नेपालमा सधैं हाम्रो कर्पोरेट सामाजिक उत्तरदायित्वको कदर गर्दछ । हामीले गत २१ बर्षदेखि नेपालमा दस हजार भन्दा बढी आईसीटी प्रतिभा विकास गर्न सफल भएका छौं ।
ह्वावे नेपालमा अनुभवी धेरै प्रतिभाहरू अहिले शीर्ष टेलिकम अपरेटरहरू, सरकारी परियोजनाहरू र नेपालका आईटी क्षेत्रहरूमा काम गरिरहेका छन् । ह्वावे नेपाल उत्कृष्ट प्रतिभाको लागि एक आकर्षक संस्था भएको छ, र महत्वाकांक्षी टेक्नोफाईलहरूका लागि अन्तर्राष्ट्रिय टेक्नोलोजी क्षेत्रको प्रवेशद्वार बनेको छ ।
२०१५ को महा भूकम्प, २०१७ र २०१९ मा तराई क्षेत्रको बाढी र आँधी जस्ता प्राकृतिक प्रकोपहरूमा पनि निरन्तर काम र प्रयासबाट ह्वावे नेपालको समर्पण झल्किन्छ । २०१५ को भूकम्पमा ह्वावेले टेलिकमलाई ठीक गर्न वास्तवमै छिटो काम गरेर सञ्चार प्रणाली र उद्धार सञ्चालनमा मद्दत गर्यो ।
मीले सगरमाथा बेस क्याम्पमा वायरलेस बेस स्टेशन साइट निर्माण गर्न टेलिकम अपरेटरहरूलाई पनि मद्दत ग¥यौं, जसले सञ्चार ब्लाइन्ड स्पटलाई बाहिरी विश्वमा पूर्ण रूपमा कनेक्ट गर्न मद्दत ग¥यो । कोभिड(१९ महामारीको बेला पनि, द्धन्रछन् टोली नेटवर्क को सहज संचालन सुनिश्चित गर्न दूरसंचार अपरेटरहरु संग रह्यो ।
२०२० मा कोभिड(१९ को अचानक प्रकोपले हामी सबैलाई अपरिवर्तनीय र अन्धाधुन्ध प्रभाव पार्यो र हामी बाँचिरहेको संसारलाई सदाका लागि परिवर्तन गर्यो ।
मोबाइल ब्रोडब्यान्ड नेटवर्क कभरेज, डाटा सेन्टर, क्लाउड प्लेटफर्म र अन्य मजबूत आईसीटी पूर्वाधारले महामारी लड्न टेली मेडिसिन र अनलाइन भाइरस सम्पर्क ट्र्याकिंग जस्ता डिजिटल विधिलाई मात्र नभई डिजिटल अर्थव्यवस्थालाई अर्थतन्त्र सुधारको लागि एक प्लेटफर्म निर्माण गर्न सक्षम गर्दछ ।
महामारीपछि नेपालमा इन्टरनेटको डाटा उपभोग दिनदिनै बृद्धि भएको छ । धेरै भन्दा धेरै मानिसहरू घरबाट काम र घरबाट अध्ययन गर्ने ढाँचामा लागिरहेको हुँदा दिनको समयमा अनलाइन गतिविधिहरू पनि बढेको छ ।
यद्यपि, विशेष गरी ग्रामीण क्षेत्रमा, कमजोर इन्टर्नेट ब्रोडब्यान्ड कभरेजका कारण अनलाइन प्लेटफर्म प्रयोग गर्नका लागि मानिसहरुको संख्या सीमित छ ।
काठमाडौं, पोखरा, बुटवल, चितवन जस्ता प्रमुख शहरहरू बाहेक नेपालका अधिकांश दुर्गम भागहरू अझै पनि ब्रोडब्यान्ड कनेक्टिभिटीले कभर गरिएको छैन जसले जनताको दैनिक जीवन र आर्थिक क्रियाकलापहरूलाई असर गरिरहेको छ ।
सरकारले स्कूलहरूलाई डिजिटल शिक्षाका लागि सुझाव पनि दिएको छ तर ग्रामीण क्षेत्रमा कनेक्टिविटीको अभावका कारण विद्यार्थीहरू महिनौंसम्म शिक्षाबाट वञ्चित छन् । नेपाल सरकारले यो सुझाव पनि दिएको छ, “डिजिटल नेपालको सोच केवल प्रमुख शहरहरूलाई इन्टरनेट सेवा प्रदान गर्ने मात्र होइन तर ग्रामीण क्षेत्रमा पनि यसलाई सुलभ बनाउने बारेमा हो ।
तसर्थ, हामी सबैले सबै मानिसहरुमा ब्रोडब्याण्ड कनेक्टिविटी ल्याउने दिशामा सँगै काम गर्नु पर्छ, विशेष गरी महामारी पछि, ताकि सबैले डिजिटल संसार र डिजिटल एप्लिकसन जस्तै ईकमर्स, अनलाइन शिक्षा, डिजिटल फाइनान्स, अनलाइन भिडियो स्ट्रिमिङ, र अनलाइन सामाजिक नेटवर्किंगबाट लाभान्वित हुन सक्दछ ।
कनेक्टिविटीको बृद्धिले जनसंख्याको विशाल बहुमतलाई असर गर्ने डाटाको उपयोगमा उल्लेखनीय वृद्धि हुनेछ । यद्यपि कनेक्टिविटीको सहज र राम्रो प्रदर्शन, डाटाको बहाव र आईटी स्रोतको मागको लागि आईसीटी पूर्वाधार र डाटा सेन्टरको आवश्यक पर्नेछ । यसले व्यावासायिक अवसरहरू प्रदान गर्न र डिजिटल अर्थव्यवस्था बजारलाई बढावा गर्न मद्दत गर्दछ ।
शहरको केन्द्रबाट ग्रामीण क्षेत्रहरुमा कनेक्टिविटीले डाटा ट्राफिकको ग्राफ बदल्छ । निश्चित रूपमा यसले डाटा सेन्टर अवधारणाको तीव्र वृद्धिमा प्रभाव पार्नेछ । डाटा प्रवाहको कनेक्टिविटी र बृद्धिसँगै, अन्य आईसीटी सेटअपको साथ डाटा सेन्टरको आवश्यकताहरूमा वृद्धि हुनेछ । देशका विभिन्न भागहरूमा डाटा सेन्टरहरू निर्माण गर्दा सुरक्षित र सहज रूपमा कनेक्ट गर्न मद्दत गर्दछ ।
हामी मान्दछौं, देशभरि कनेक्टिविटी बृद्धिसँगै धेरै सरकारी र सहयोगी कार्यालयहरूले शहरका केन्द्रहरूमा भर पर्नु पर्दैन । कनेक्टिविटीको ब्रिद्धीले उनीहरूलाई समग्र देशमा उनीहरूका कार्यालयहरू निर्माण गर्ने सुविधा प्रदान गर्दछ ।
दुवै सरकारी र निजी संस्थाहरूमा आईसीटी पूर्वाधारको बृद्धिसँगै डाटा सेन्टरको निर्माण गर्नुपर्नेछ । त्यस्तै, नेपालका छिमेकी देशहरुबाट अन्तर्राष्ट्रिय ब्यान्डविथ कनेक्टिभिटी बढ्न थालेपछी यस क्षेत्रबाट डाटा फ्लो पनि बढ्ने छ ।
तसर्थ, डाटाबेस सेन्टरको साथै अन्य पूर्वाधारहरूको आवश्यकता एक प्रमुख आवश्यकता हुनेछ । यसले केवल राम्रो आईसीटी प्लेटफर्म निर्माण गर्न मद्दत नगरी रोजगारीका अवसरहरूमा पनि सकारात्मक प्रभाव पार्छ र अर्थव्यवस्थामा पनि योगदान पुर्याउँछ ।
नेपालको एक जिम्मेवार कर्पोरेट संगठनको रूपमा, ह्वावले नेपालमा सबै टेलिकम अपरेटरहरू, आईएसपीहरू, सरकार र सबै आईसीटी साझेदारहरूसँग उच्च गुणस्तर, फराकिलो कभरेज र किफायती ब्रोडब्याण्ड कनेक्टिभिटी र उन्नत डाटा सेन्टर सहित डिजिटल फाउन्डेसन योगदान गर्न प्रतिवद्ध छ ।
नेपाल सरकारले ऊर्जा, पर्यटन, वित्त, कृषि, स्वास्थ्य, शिक्षा र सहरी विकास जस्ता विभिन्न क्षेत्रहरु संग डिजिटल नेपाल रूपरेखा सुरु गरेको छ । हाम्रो विचारमा, ब्रोडब्याण्ड कनेक्टिभिटी र डाटा सेन्टरको रूपमा डिजिटल फाउन्डेसन, ती सबै उल्लेखित क्षेत्रलाई डिजिटल सम्भव हुने बनाउन, सबै भन्दा महत्त्वपूर्ण आधार हो ।
हामी कनेक्टिविटी र डाटा सेन्टरलाई रूखको जडको रूपमा लिन्छौं, जसले पानी र पोषण प्रदान गरी विभिन्न क्षेत्रमा डिजिटलीकरणको फलदायी परिणाम ल्याउछ । मैत्री आईसीटी नीति, उन्नत प्रविधि, राम्रो स्थानीय सेवा र आईसीटी प्रतिभा जस्ता बढी कारकहरू डिजिटल नेपालको ठूलो रूखलाई स्वस्थ बनाउनको लागि सक्षमकर्ता हुन सक्छन् ।
हामी विश्वस्त छौं कि नेपालका सबै आईसीटी सरोकारवालाहरूको संयुक्त प्रयासबाट समृद्ध नेपाल र खुशी नेपालीको सपना पूरा गर्न सबै नेपालीहरुलाई डिजिटल संसारबाट लाभान्वित तुल्याउनेछौं ।
अन्तमा, म सबैलाई नयाँ वर्षको शुभकामना दिन चाहन्छु, र नयाँ आशाको साथ अगाडि राम्रो र समृद्ध समयको लागि आशा गर्दछु।