close

अब एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा २० रूपैयाँ शुल्क लाग्ने

टेकपाना टेकपाना

पुस २३, २०७७ १७:१९

अब एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा २० रूपैयाँ शुल्क लाग्ने


काठमाडौं । माघ १ देखि एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा शुल्क लाग्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले निर्देशिका जारी गर्दै यसबारे जानकारी दिएकाे हाे । निर्देशिका अनुसार एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा बैंकहरुले महिनामा २ वटा कारोबारसम्म निःशुल्क दिनुपर्ने छ भने त्यसपछि प्रतिकारोबार २० रुपैयाँ शुल्क लाग्नेछ ।

यस विषयमा बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई पूर्वजानकारी गराउनु पर्नेछ । अर्काेतर्फ बैंकहरुले आफ्ना ग्राहकलाई इन्टरनेट मोबाइल, एसएमएस बैंकिङको शुल्क पूर्वजानकारी गराएर मात्रै लिन पाउने छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१