close

ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा प्रतिबन्ध

टेकपाना टेकपाना

पुस २४, २०७७ ११:२०

ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा प्रतिबन्ध

काठमाडौं । फेसबुकले अमेरिकी राष्ट्रपती डोनल्ड ट्रम्पलाई उनको बाँकी कार्यकाल भरका लागि प्रतिबन्ध लगाएको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले बिहीबार साँझ फेसबुकमा पोष्ट गर्दै यसबारे जानकारी गराएका हुन् ।

ट्रम्पको कार्यकाल यही जनवरी २० देखि सकिँदै छ । ‘राष्ट्रपतिलाई यतिबेला हाम्रो प्लेटफर्म प्रयोग गर्न दिनु चुनौतिपूर्ण हुनेछ,’ जुकरबर्गले भने, ‘त्यसैले २४ घण्टाको लागि लगाइएको प्रतिबन्धलाई बढाएर थप दुई हप्ताको पुर्‍याएका छौं ।’

The shocking events of the last 24 hours clearly demonstrate that President Donald Trump intends to use his remaining…

Posted by Mark Zuckerberg on Thursday, January 7, 2021

यसको अर्थ उनको बाँकी कार्यकालभर ट्रम्पलाई फेसबुक तथा इन्स्टाग्राम प्रयोगमा प्रतिबन्ध लागेको छ । फेसबुकको यो निर्णयले अन्य सामाजिक सञ्जाललाई पनि ट्रम्पमाथि प्रतिबन्ध लगाउनुपर्ने दबाब परेको छ ।

यसअघि ट्वीटरले ट्रम्पको ट्वीटर ह्याण्डलमाथि प्रतिबन्ध लगाएको भएतापनि पुनः सञ्चालनमा आइसकेको छ । ट्वीटरका अनुसार उनले आफ्ना धेरै ट्वीट हटाइसकेकाले उनीमाथि लगाइएको प्रतिबन्ध खुकुलो पारिएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१