काठमाडौं । टेस्ला र स्पेसएक्सका संस्थापक एलन मस्कको कुल सम्पत्ति १८५ अर्ब डलर भन्दा बढी पुगेको छ । योसँगै उनी विश्वका सबैभन्दा धनी व्यक्ति बनेका छन् ।
उनले अमेजनका संस्थापक जेफ बेजोसलाई पछि पार्दै बिहिबारमात्रै यो सफलता हात पारेका हुन् । जेफ बेजोसको सम्पत्ति हाल १८३ अर्ब डलर रहेको छ । विद्युतीय कार कम्पनी टेस्लाको सेयर मूल्यमा आएको वृद्धिले उनको सम्पत्ती बढेको हो ।
तर, उनले पाएको यो सफलताको पछाडि कम्पनीको सेयर वृद्धिमात्र भने छैन । त्यसैले यहाँ हामी तपाईंलाई उनका सफलताका ६ कारण प्रस्तुत गर्दैछौं ।
१. यो पैसासँग सम्बन्धित होइन
यो नै मस्कको सबैभन्दा ठूलो सफलताका कारण हो । उनले पैसालाई कहिलै सफलतासँग दाँजेनन् । सन् २०१४ मा बीबीसीले लिएको अन्तर्वातामा उनले आफू कति धनी थिएँ भन्ने आफैँलाई थाहा नभएको बताएका थिए ।
‘मसँग कति नगदको खात छ भन्ने होइन,’ उनले भनेका थिए, ‘यति हो मसँग टेस्ला, स्पेसएक्स र सोलारसिटीको केही मत छ र बजारमा ती मतको मूल्य छ ।’
त्यतिबेला उनले धनले मात्र आफूलाई अघि बढ्न प्रेरित नगरेको बताएका थिए । उनको उक्त सोचाइले अहिले पूर्ण रुपमा काम गरिरहेको छ भनेर बुझ्न सकिन्छ ।
विशेषगरी उनको विद्युतीय कार कम्पनी टेस्लाले राम्रो गर्यो । गएको एक वर्षमा कम्पनीको सेयर मूल्य बढेर ७०० अर्ब डलरभन्दा बढी भएको छ । यसै वर्ष ५० वर्ष लागेका मस्क आफू धनी व्यक्तिकै रुपमा नमर्ने बताउँछन् ।
भन्छन, ‘आफ्नो अधिकांश पैसा मंगल ग्रहमा एउटा आधार बनाउनमै खर्च हुनेछ र त्यसका लागि उनको सम्पूर्ण भविष्य सकिए पनि उनमा कुनै असर पर्ने देखिँदैन ।’
२. आफ्नो इच्छालाई पछ्याउनु
मंगल ग्रहमा आधार बनाउने योजनालाई सफल पार्नु नै उनको जीवनको लक्ष्य हो । उनी यसैलाई सफलता मान्छन् ।
उनले बीबीसीसँग भनेका छन, ‘यदि तपाईं भविष्य राम्रो होस् भन्ने चाहनुहुन्छ भने त्यसका लागि जिवनमा रोमान्चक कुराको आवश्यकता पर्छ । त्यसैले मैले स्पेसएक्स कम्पनी स्थापना गरेको हुँ ।’
अमेरिकी अन्तरिक्ष कार्यक्रमबाट कुनै अपेक्षा नरहेसँगै स्पेसएक्स स्थापना गरी मंगल ग्रहको आधार बनाउने सपना देखेको हुँ । उनले भनेको छन, ‘म पृथ्वीभन्दा बाहिर जाने, मंगलमा एक व्यक्तिलाई खडा गर्ने, चन्द्रमामा एउटा आधार बनाउने र अन्तरिक्षमा लगातार उडानहरू भर्ने आशा गरिरहेको छु ।’
यदि त्यो सपना पुरा भएन भने पनि मंगल ग्रहमा एउटा सानो ग्रीन हाउसलाई पठाउने ‘मार्स ओयसिस मिसन’ सफल पार्नुछ । यसको उद्देश्य अन्तरिक्ष प्रविधि आवश्यकताभन्दा बढी नै महँगो भएकाले त्यसलाई सस्तो बनाउनु हो । हाम्रो उद्देश्य पैसा कमाउनुभन्दा पनि मङ्गल ग्रहमा मान्छेलाई उतार्नु हो ।
३. ठूलो कुरा सोच्न नडराउनु
मस्कका व्यवसायहरूको सबैभन्दा महत्वपूण कुरा त्यसमा रहेको ‘दुस्साहस’ नै हो । उनी कार उद्योगमा क्रान्ति ल्याउन चाहन्छन् । मंगल ग्रहलाई उपनिवेश बनाउन चाहन्छन्, भ्याक्युम टनेलमा तीव्र गतिको रेल दौडाउन चाहन्छन्, आर्टिफिसियल इन्टलिजेन्सलाई मानिसको दिमागमा मिलाउन चाहन्छन् र सौर्य ऊर्जा तथा ब्याट्री उद्योगलाई बढाउन चाहन्छन् ।
यी सबै कुरा अहिलेको दुनियाँमा दुस्साहस नै हुन् । अनि यी सबै कुरा उनले दक्षिण अफ्रिकामा बालक हुँदा हेरेका फिल्महरू र पुस्तकहरूबाट प्रेरित भएर सुरु गरेका हुन् ।
उनी भन्छन, ‘यहाँ त कुनै कम्पनीको प्रमुखले सामान्य लक्ष्य राखेर त्यो पुरा नभए पनि कसैले उसलाई दोष नदिने तर कसैले ठूलो उद्देश्य राखेर त्यो पूरा नभए उसलाई हटाइने गरिन्छ ।’
४. खतरा मोल्न तयार हुनु
यो चै पक्कै पनि हो । उनले अरुले भन्दा धेरै नै खतरा मोल्छन् । उनले सन् २००२ मा उनका सुरुका दुईवटा उद्यमहरू बिक्री गरेका थिए । जसमा एउटा जीपटु नामक इन्टरनेट सिटी गाइड र अर्को अनलाइन भुक्तानी सेवा पेपाल थियो ।
त्यसबेला उनी जम्मा ३० वर्षका थिए भने उनको बैंक खातमा करिब २० करोड डलर थियो । त्यसमध्ये आधा व्यापारमा लगाउने र आधा बचत गर्ने उनको उद्देश्य थियो ।
तर उनले सोचेजस्तो भने भएको थिएन । सन् २०१४ मा उनका आइपुग्दा उनका नयाँ कम्पनीहरुले समस्या भोगिरहेका थिए । स्पेसएक्सको पहिलो तीनवटा योजना असफल भएका थिए भने टेस्लाले उत्पादन, वितरण र डिजाइनको समस्या भोगिरहेको थियो ।
त्यो हुँदा भएको पैसा त्यसैमा खर्च गर्नुपर्यो । त्यतिले पुगेन, उनले साथीभाइसँग पनि मागेका थिए । त्यतिले पुगेन उनलाई आफ्ना छोराछोरीलाई सरकारी स्कुलमा पढाउनुपर्ने हो कि भन्ने पनि लागेको थियो । तर, पनि उनी कहिलै पछि हटेनन् ।
५. आलोचनाको बेवास्ता
आलोचकको कुरा नसुन्नु पनि उनले व्यवसायमा पाएका सफलताको अर्को कारण हो । उनले बीबीसीसँग भनेका थिए, ‘स्पेसएक्स वा टेस्लाले कहिले कमाउलान् भनेर सोचेको छैन ।’
उनी आफैलेमात्र नभएर अरुले पनि त्यस्तै बताउँदै आएका थिए । तर, त्यी सबै कुरालाई उनले बेवास्ता गरे र अघि बढे ।
यसरी आलोचकलाई बेवास्ता गर्नुले उनलाई निर्णय क्षमतामा निकै सहयोग पुर्याएको छ । साथै आफूले गर्न चाहेको कुरामा केन्द्रित हुन मद्दत गरेको छ ।
६. आफैंमा रमाउनु
उनको यो सुत्र सबैभन्दा महत्वपूर्ण छ । उनी सधैं यसैमा रमाउँछन् । भन्छन, ‘यो सुत्रलाई पछ्याउनुस्, अलिकति भाग्यले साथ दियो भने तपाईं धनी र चर्चित बन्न सक्नुहुन्छ ।’
आफूमा रमाउन सक्नुभएको खण्डमा तपाईं आफूल गरेको काममा जति पनि समय बिताउन सक्नुहुन्छ । मस्क एकदमै धेरै काम गर्ने व्यक्तिको रुपमा पनि चर्चित छन् । टेस्ला मोडेल–३ का लागि उनले लगातार सातामा १२० घण्टा काम गरेको दाबी गरिन्छ ।