काठमाडौं । डिशहोमले ‘डिशहोममा डिलर दाइको डिस्काउन्ट‘ योजना अन्तर्गतका विजेतालाई एक लाख रुपैंया बराबरको चेक हस्तान्तरण गरेको छ ।
धादिङ थाक्रेका स्थानीय मनोज रिजाललाई डिशहोमका जेनरल म्यानेजर रमेश सापकोटाले उक्त चेक हस्तान्तरण गरेका हुन् ।
त्यस्तै मनोज रिजाललाई एक वर्षको रिचार्ज गर्ने कोइराला इलेक्ट्रोनिक्सका डिलर दाइलाई पनि १० हजार रुपैयाँ प्रदान गरिएको कम्पनीले जनाएको छ ।
हरेक शुक्रबार बेलुकी ५ बजे प्रत्यक्ष प्रशारणमा गरिने लक्की ड्रमा डिशहोमको कुनै पनि प्याकेजमा वार्षिक रिचार्ज गर्ने र अनलाइन पेमेन्ट गेटवेबाट ५ हजार रुपैंयाँभन्दा माथि रिचार्ज गर्ने ग्राहकलाई सहभागी गराइन्छ । विजेतालाई डिशहोमले पुरस्कार राशी घरमै गएर प्रदान गर्दै आइरहेको छ ।