close

एनसेलले सुरु गर्यो ‘माया’, च्याटबाटै सबै सेवाको जानकारी लिन सकिने

टेकपाना टेकपाना

माघ ६, २०७७ १२:१५

एनसेलले सुरु गर्यो ‘माया’, च्याटबाटै सबै सेवाको जानकारी लिन सकिने

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक एनसेलले आफ्ना ग्राहकका लागि च्याटबोट सेवा ‘माया’ सुरु गरेको छ । यो च्याट सेवामार्फत ग्राहकले एनसेलको सेवा तथा सुविधाहरुका बारेमा जानकारी लिन सक्ने कम्पनीले जनाएको छ ।

यो सेवा एनसेलको आधिकारिक फेसबुक मेसेन्जर, भाइबर, ह्वाटसएप र वेबसाइटमा उपलब्ध छ । ग्राहकले च्याटबोट मार्फत एनसेलको सेवा लिन, आफ्ना प्रश्न वा गुनासोसमेत गर्न सक्छन । माघ ४ गतेदेखि नै एनसेललका सबै आधिकारिक सामाजिक सञ्जाल पेज वा ह्याण्डलमा यो सुविधा उपलब्ध भैसकेको छ ।

एनसेलका अनुसार यो प्लेटफर्म मार्फत ग्राहकले भ्वाइस तथा डेटा प्याक खरिद, भिसा तथा मास्टरकार्डबाट रिचार्ज , ब्यालेन्स चेक र अफरहरुको बारेमा समेत जानकारी लिन सक्नेछन । एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत यो सेवा सुरु गरेको हो । आगामी दिनमा पनि यहीँ अभियान अन्तर्गत नयाँ सेवाहरु ल्याउने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३