close

एक महिनामै भित्रियो ३ अर्बका ९ लाख मोबाइल

टेकपाना टेकपाना

माघ ८, २०७७ २०:४८

एक महिनामै भित्रियो ३ अर्बका ९ लाख मोबाइल

काठमाडौं । एक महिनाको अवधिमा मात्रै विदेशबाट झन्डै ३ अर्ब रुपैयाँ बराबरको मोबाइल आयात भएको छ । भन्सार विभागले हालै जारी गरेकाे पुस महिनाको तथ्याङ्क अनुसार विदेशबाट पुस महिनामा कुल २ खर्ब ९८ करोड ५७ लाख रुपैयाँ बराबरको मोबाइल भित्रिएको छ ।

उक्त अवधिमा कुल ८ लाख ९१ हजार ७ सय ८७ वटा मोबाइल फोन भित्रिएको विभागको तथ्याङ्कमा उल्लेख छ । विभागका अनुसार चालू आवदेखि गत मंसिरसम्म १७ अर्ब करोड ६४ करोड ४५ लाख रुपैयाँ बराबरको मोबाइल भित्रिएको थियो ।

पुससम्म आइपुग्दा झन्डै तीन अर्बले बढेर कुल २० अर्ब ६३ करोड ३ लाख रुपैयाँ बराबरको मोबाइल आयात भएको छ । तथ्याङ्क अनुसार चालू आवको मंसिरसम्म कुल २७ लाख ७२ हजार ८ सय ८३ वटा मोबाइल आयात भएको थियो ।

एक महिनाको अवधिमा ८ लाख ९१ हजार ७ सय ८७ वटा मोबाइल थप भित्रिएको छ । पुस मसान्तसम्म कुल ३६ लाख ६४ हजार ६ सय ३० मोबाइल भित्रिएका छन् । जसमा सबैभन्दा बढी छिमेकी राष्ट्र चीनबाट मोबाइल आयत भएको छ ।

चीनबाट मात्रै पुस मसान्तसम्म कुल १३ अर्ब रुपैयाँ बराबरको ३० लाख २० हजार ५ सय ८० मोबाइल भित्रिएकाे छ । त्यस्तै दोस्रो धेरै मोबाइल आयात हुने देशमा अर्को छिमेकी राष्ट्र भारत रहेको छ ।

भारतबाट पुस मसान्तसम्म कुल ६ अर्ब ४४ करोड ४३ लाख रुपैयाँ बराबरको ४ लाख ६० हजार ५ सय २० वटा मोबाइल भित्रिएको छ ।

तेस्रो नम्बरमा रहेको भियतनामबाट पुस मसान्तसम्म कुल ६४ करोड ८९ लाख ९९ हजार रुपैयाँ बराबरको १ लाख ८० हजार ५ सय ४० मोबाइल सेट भित्रिएको छ ।

यसरी भित्रिएको माेबाइलबाट सरकारले पुस मसान्तसम्म ३ अर्ब २६ करोड ५० लाख आम्दानी गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३