close

१८ महिनापछि जम्मु-कश्मिरमा फोरजी इन्टरनेट सुचारु

टेकपाना टेकपाना

माघ २४, २०७७ १३:३७

१८ महिनापछि जम्मु-कश्मिरमा फोरजी इन्टरनेट सुचारु

काठमाडौं । १८ महिनापछि भारतले जम्मु र कश्मिरमा इन्टरनेट प्रतिबन्ध फुकुवा गरेको छ । प्रतिबन्ध फुकुवासँगै अब भारतले त्यहाँ फोरजी सेवा सुचारु गर्ने एक उच्च अधिकारीले शुक्रबार साँझ बताएका छन् । 

२०१९ अगस्टमा भारतले जम्मु-कश्मिरका लागि संविधानमा भएको विशेष व्यवस्थालाई खारेज गरेको थियो । त्यसपश्चात नयाँ दिल्लीविरुद्द घृणा तथा विरोध फैलन नदिन भारतले त्यहाँ दूरसञ्चार तथा इन्टरनेटमा प्रतिबन्ध लगाएको थियाे । 

जम्मु-कश्मिर सरकारका मुख्य सचिव रोहित कांसाले उक्त क्षेत्रभर फोरजी इन्टरनेट सेवा सुचारु भइसकेको बताएका छन् । 

गत वर्ष भारतले इन्टरनेट प्रतिबन्ध आंशिकरुपमा हटाएको थियो । उसले २० मध्ये २ जिल्लाहरुमा गत वर्ष नै प्रतिबन्ध फुकुवा गरिसकेको थियो ।

तर सो इन्टरनेट टुजीमा मात्र सीमित थियो । तब नागरिकहरुले नेटफ्लिक्स, अमेजन र न्यू योर्क टाइम्स जस्ता केही सञ्चार माध्यम हेर्न सक्थे ।

तर सोसल मिडिया र अधिकांश भारतीय मिडिया भने त्यहाँ प्रतिबन्धित थियो । टुजीको सुस्त गतिका कारण ईमेलल चेक गर्न तथा ह्वाट्सएप म्यासेज हेर्न उनीहरुलाई निकै अप्ठ्यारो थियो ।

उक्त राज्यमा इन्टरनेट तथा दूरसञ्चारको अनिश्चितकालीन प्रतिबन्ध शक्तिको दुरुपयोग भएको भन्दै सर्वोच्च अदालतले यसअघि सुनुवाई गरेको थियो । 

जम्मु तथा कश्मिरको १८ महिने लामो प्रतिबन्धबीच एक करोड ३० लाख जनता प्रजातन्त्रिक अधिकारबाट बञ्चित भएका थिए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१