close

रियलमीले ल्यायो अहिलेसम्मकै सस्तो फाइभजी फोन

टेकपाना टेकपाना

माघ २६, २०७७ ९:५०

रियलमीले ल्यायो अहिलेसम्मकै सस्तो फाइभजी फोन

काठमाडौं । रियलमीले अहिलेसम्मकै सस्तो फाइभजी स्मार्टफोन रियलमी भी ११ सार्वजनिक गरेको छ । यो स्मार्टफोनको मूल्य चीनमा १,१९९ युआन अर्थात २१ हजार ५८२ रुपैयाँ राखिएको छ ।

यो मूल्य चार जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको हो । यसको स्पेसिफिकेसनको कुरा गर्ने हो भने रियलमी भी ११ मा ५००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री राखिएको छ । जुन १८ वाट फास्ट चार्जर सपोर्टयुक्त हो ।

फोटोग्राफीका लागि यसमा १३ मेगापिक्सेल मेन क्यामेरा सहित पछाडि भागमा दुई ओटा लेन्स राखिएको छ । मेन क्यामेराको अपार्चर एफ/२.२ रहेको छ भने दुई मेगापिक्सेलको अर्को सेन्सर रहेको छ । जसको अपार्चर एफ २.४ रहेको छ ।

एन्ड्रोइड इलाभेनमा आधारित रियलमी यूआई आउट अफ द बक्समा काम गर्ने यो फोनमा कनेक्टिभिटीका लागि यूएसबी टाइपसी पोर्ट, ब्लुटुथ ५.१, वाईफाई ८०२.११ सपोर्ट दिइएको छ । फोनममा सेक्युरिटीका लागि साइड माउन्टेड फिंगरप्रिन्ट स्क्यानरको सपोर्ट दिइएको छ ।

यो फो भाइब्रेन्ट ब्लु र क्वाइट ग्रे गरी दुई वटा कलर अप्सनमा आएको छ । रियलमी भी ११ स्मार्टफोनमा वाटरड्रप नोच डिस्प्ले डिजाइन राखिएको छ । फोनको किनारामा पातलो बेजल छ ।

यस अघि कम्पनीले गत महिना मात्र फाइजी स्मार्टफोनको रुपमा रियलमी भी १५ सार्वजनिक गरेको थियो । रियलमीले तीव्र रुपमा फाइभजी स्मार्टफोन पोर्टफोलियो बढाउँदै लगेको छ । रियलमी भी ११ नेपालमा कहिलेसम्म सार्वजनिक हुन्छ भन्ने कुरा अहिलेसम्म बाहिर आएको छैन ।

यद्यपी चाँडै नै यो स्मार्टफोन नेपाल भित्रिने अपेक्षा गर्न भने सकिन्छ । यो फोनमा ६.५ इन्चको एचडी प्लस डिस्प्ले दिइएको छ । जसको आस्पेक्ट रेसियो २०ः९ रहेको छ । फोनको रिफ्रेश रेट ६० हर्ज रहेको छ भने स्क्रिन टु बडी रेसियो ८८.७ प्रतिशत छ ।

प्रोसेसरको कुरा गर्ने हो भने रियलमी भी ११ मा मिडियाटेक डाइमेन्सिटी ७०० प्रोसेसर राखिएको छ । साथै माली जी ५७ जीपीयूको सपोर्ट समेत यो फोनमा पाउन सकिन्छ । यो फोनको स्टोरेज मेमोरी कार्डमार्फत एक टीबीसम्म विस्तार गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१