close

९० हजार रुपैयाँमा नेपाल भित्रिँदै ‘साओमी १७ टी’, प्रि-अर्डरमा इयरबड्स र साओमी ट्याग फ्री

टेकपाना टेकपाना

जेठ १५, २०८३ १४:२०

९० हजार रुपैयाँमा नेपाल भित्रिँदै ‘साओमी १७ टी’, प्रि-अर्डरमा इयरबड्स र साओमी ट्याग फ्री

काठमाडौँ । साओमीले नेपाली बजारमा आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ‘साओमी १७टी’ को प्रि-अर्डर खुला गरेको छ । लाइका प्रविधिमा आधारित क्यामेरा क्षमतासहित यो स्मार्टफोन आजदेखि आगामी ६ जुनसम्म प्रि-अर्डर गर्न सकिनेछ ।

फोनको बलियो पक्ष यसको क्यामेरा सिस्टम हो । लाइकाले डिजाइन गरेको ट्रिपल क्यामेरा सेटअपमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ । यसमा लाइका अल्ट्राप्योर अप्टिक्स तथा लाइका समिलक्स लेन्स प्रविधि प्रयोग गरिएको छ । जसले तस्बिरहरूमा गहिराइ, स्पष्ट विवरण र उत्कृष्ट डाइनामिक रेन्ज प्रदान गर्ने बताइएको छ ।

यसका साथै, टाढाका वस्तुहरूलाई स्पष्ट रूपमा खिच्न फाइभ एक्स टेलिफोटो क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामेरा र सेल्फीका लागि ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा उपलब्ध छ ।

६.५९ इन्चको १.५के एमोलेड डिस्प्लेमा १२० हर्जको रिफ्रेस रेट र ३५०० निट्ससम्म अधिकतम ब्राइटनेस पाउन सकिन्छ भने आँखाको सुरक्षाका लागि साओमी भिजन केयर, ३८४० हर्ज पीडब्लूएम डिमिङ र डीसी डिमिङ सुविधा छन् ।

साओमी १७-टी मा ४ एनएम प्रविधिमा आधारित मिडियाटेक डाइमेन्सिटी ८५००-अल्ट्रा फ्ल्यागशिप चिपसेट प्रयोग गरिएको छ । करिब २०० ग्राम तौल भएको यो फोनलाई पानी र धुलोबाट जोगाउन आईपी६८ रेटिङ दिइएको छ ।

धेरैबेर प्रयोग वा गेमिङका बेला फोनलाई चिसो राख्न यसमा एडभान्स्ड ‘थ्रीडी आइसलुप’ कुलिङ सिस्टम जडान गरिएको छ ।

६५०० एमएएच क्षमताको ब्याट्रीले ६७ वाटको हाइपरचार्ज र २२.५ वाटको वायर्ड रिभर्स चार्जिङ सपोर्ट गर्छ । डुअल स्टेरियो स्पिकर, वाई-फाई सिक्स ई, एनएफसी र डुअल सिम जस्ता कनेक्टिभिटी विशेषता पनि फोनमा रहेका छन् ।

नेपाली बजारमा साओमी १७-टी को १२ जीबी र्याम र ५१२ जीबी स्टोरेज भेरियन्ट उपलब्ध हुनेछ । भायोलेट, ब्लु र ब्ल्याक गरी तीन कलरमा उपलब्ध हुने फोनको मूल्य ८९,९९९ रुपैयाँ तोकिएको छ ।

प्रि-अर्डर गर्ने ग्राहकहरूका लागि कम्पनीले उपहार योजना पनि ल्याएको छ । प्रि-अर्डर अवधिमा फोन बुक गर्नेहरूले ५,५०० रुपैयाँ बराबरको ‘रेड्मी बड्स ६ प्ले’ र ‘साओमी ट्याग’ निःशुल्क प्राप्त गर्नेछन् ।

 

पछिल्लो अध्यावधिक: जेठ १५, २०८३ १४:२०