close

ठूला प्रविधि कम्पनीको एकाधिकार रोक्न चीनमा नयाँ नीति

टेकपाना टेकपाना

माघ २६, २०७७ १४:१८

ठूला प्रविधि कम्पनीको एकाधिकार रोक्न चीनमा नयाँ नीति

काठमाडौं । चीन सरकारले बजारमा प्रविधिका ठूला कम्पनीको एकाधिकारलाई राक्ने गरी नयाँ नीति जारी गरेको छ । गएको नोभेम्बरमा मस्याैदाको रुपमा सार्वजनिक ‘एन्टी–मोनोपोली’ नीति आइतबारदेखि लागू भएको हो ।

विशेषगरी नयाँ नीतिले ईकमर्स कम्पनीलाई असर गर्ने उल्लेख गरिएको छ । जसले अलिबाबा र जेडी डटकम जस्ता ठूला कम्पनीलाई बजारमा रहेको एकाधिकारको फाइदा उठाउनबाट रोक्नेछ ।

नीतिले विशेषगरी भेण्डहरुले सोझै ईकमर्स कम्पनीसँगै डिल गर्नुपर्ने व्यवस्थालाई खारेज गरिदिएको छ । यसो गर्दा मूल्यमा चलखेल भइरहेको भन्दै चिनियाँ प्रशासनले यस्तो खालको नीति जारी गरेको हो ।

यसले वस्तुको मूल्यमा हुने चलखेललाई रोकी सरकारले निर्धारण गरेको मूल्यलाई कार्यान्वयन गर्न सहयोग पुग्ने विश्वास छ ।

यसका साथै हाल ट्रेडिङ बजारमा रहेको अनावश्यक प्रावधानलाई समेत हटाइएकाे छ । नीतिले प्रविधि र डेटाको प्रयोग गरी बजारमा एकाधिकार कायम गर्ने कार्यलाई प्रतिबन्ध गरेको छ ।

यो नीति टेन्सेन्ट, वीच्याट, आन्ट ग्रुप, अलिबाबा लगायतका वित्तीय प्रविधि (फिनटेक) सँग सम्बन्धित कम्पनीलाई समेत लागू हुनेछ । बजारमा नकारात्मक प्रतिस्पर्धा बढिरहेको र यसले उद्योगको नियमनमै समस्या परेकाले नयाँ कानुन ल्याउनु परेको बताइएकाे छ ।

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१