काठमाडौं । भारतीय अभिनेता सन्दीप नाहरले फेसबुकमा सुसाइन नाेट लेख्दै आत्महत्या गरेका छन् । अक्षय कुमारको केसरी, एमएस धोनी बायोपिक लगायतमा अभिनय गरेका नाहरले फेसबुकमा सोमबार लामो स्ट्याटस र भिडियो पोस्ट गरेको केही घण्टापछि आत्महत्या गरेका हुन् ।
मुम्बई निवासी नाहरलाई साँझ एसआरभी अस्पताल लगिएकोमा मृत घोषित गरिएको थियो । फेसबुक पोस्टमा नाहरले आफ्नी श्रीमती र सासुआमाले कठोर हिंसा र ब्ल्याकमेल गरेको आरोप लगाएका छन् ।