close

विण्डोज टेनमा अब प्रिन्टर क्र्यासको समस्या नहुने

टेकपाना टेकपाना

चैत ४, २०७७ २२:५२

विण्डोज टेनमा अब प्रिन्टर क्र्यासको समस्या नहुने

काठमाडौं । माइक्रोसफ्टले प्रिन्टिङ क्र्यास समस्यालाई फिक्स गरेको छ । विण्डोज टेनको पुरानो भर्सनका लागि गत हप्ता सार्वजनिक भएको अपडेटले विण्डोजको ल्यापटपमा त्यस्तो समस्या ल्याएको थियो ।

विण्डोज टेन अपरेटिङ सिस्टमका कारण प्रिन्ट गर्दा क्र्यास हुने समस्या धेरै उपकरणमा देखिएको थियो । प्रयोगकर्ताहरुले आफ्नो डिभाइसमा KB5000802 अपडेट इन्स्टल गरिसकेपछि त्यस्तो समस्या देखिन सुरु भएको थियो ।

KB5000802 लाई इन्स्टल गरिसकेपछि केही एपहरुमा प्रिन्ट गर्न प्रयास गर्दा निलो स्क्रिनमा APC_INDEX_MISMATCH एरर देखिन्थ्यो । 

यसले टाइप थ्री प्रिन्टर ड्राइभर्सको सब्सेटलाई असर गरेको थियो । तर टाइप फोर भएका प्रिन्टर ड्राइभर्सलाई भने कुनै असर गरेको थिएन । 

माइक्रोसफ्टको उक्त ‘मार्च २०२१ प्याच ट्युसडे अपडेट’ विभिन्न कृटिकल भल्नरेबिलिटिज एक्सचेन्जका कारण छाँयामा परेको थियो । धेरैवटा प्रिन्टर ब्राण्डसँग जोडिएका विण्डोज टेन पीसीमा यसल ब्ल्यु स्क्रिन अफ डेथ (बीएसओडी) समस्या ल्याएको थियो । 

तर माइक्रोसफ्टले भर्खर सार्वजनिक गरेको आउट अफ ब्याण्ड प्याचले भने विण्डोज टेन प्रयोगकर्ताहरुलाई यो समस्याबाट छुटकारा दिनेछ । तर यो पछिल्लो अपडेटमा एउटा मात्र फिक्स छ, जसले केही एप प्रयोग गरी प्रिन्ट गर्न प्रयास गर्दा देखिने ब्ल्यु स्क्रिन एररलाई मात्र सम्बोधन गर्दछ । 

साथै माइक्रोसफ्टले अब चाँडै नै एउटा सामान्य अपडेट विण्डोज टेन 21H1 सार्वजनिक गर्दैछ । विण्डोज टेन २००४ र 20H2 का प्रयोगकर्ताहरुका लागि यो इन्स्टल गर्न सजिलो हुनेछ । यसलाई इन्ब्लिमेन्ट प्याकेजको रुपमा डेलिभर गरिने माइक्रोसफ्टले बताएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१