close

क्लाइमेट कन्फ्रेन्स सिरिज आयोजना हुँदै

टेकपाना टेकपाना

चैत ७, २०७७ १२:१

क्लाइमेट कन्फ्रेन्स सिरिज आयोजना हुँदै

काठमाडौं । विज्ञान शिक्षाको स्तरोन्नतिका लागि सक्रिय संस्था ब्ल्याकबिम यूनाइटेड कसमस अर्गनाइजेशन (बीएमयूसीओ)ले क्लाइमेट कन्फ्रेन्स सिरिज २०२१ आयोजना गर्ने भएकाे छ । उक्त सिरिजको पहिलो कन्फ्रेन्स २४ मार्चमा लण्डनको स्थानीय समय अनुसार दिउँसो एकदेखि दुई बजेसम्म आयोजना हुनेछ ।

सम्मेलनमा विभिन्न मुलुकका वक्ताहरु, क्लाइमेट अभियन्ता, राजनीतिज्ञ, व्यवसायी तथा अनुसन्धानकर्मीहरू उपस्थित हुनेछन् ।

सम्मेलनमा क्लाइमेटका विभिन्न समस्या तथा यसलाई सम्बोधन गर्न उठाउनुपर्ने विभिन्न कदम तथा जनचेतनाका बारेमा छलफल हुने छन् । २०२१ भर विभिन्न मितिमा आयोजना हुने यो सिरिज संयुक्त राष्ट्रसंघीय क्लाइमेट कन्फ्रेन्स कोप २६ सम्म आयोजना हुनेछ ।

सम्मेलनमा भाग लिन चाहनेहरुले यस लिङ्कमा गएर दर्ता गर्नसक्ने छन् । बीएमयूसीओ विकासशील मुलुकहरुमा विज्ञान शिक्षाको स्तरोन्नतिका लागि सक्रिय संस्था हो । हाल नेपालमा पनि यसको च्याप्टर सञ्चालनमा छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१