भोजपुर । चार्जमा राखेको मोबाइल पड्किँदा एक महिला गम्भीर घाइते भएकी छन् । शुक्रबार भोजपुरको षडानन्द नगरपालिका १० बस्ने ५३ वर्षीया शर्मिला तामाङ चार्ज भइरहेको मोबाइल एक्कासी पड्किँदा घाइते भएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख कृष्ण चन्दका अनुसार घाइतेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । तामाङको हात, छातीलगायतका ठाउँमा चोट लागेको उनले जानकारी दिए ।
यसअघि गत चैत ९ गते मंगलसेन नगरपालिका १ कि १५ वर्षीया सपना नाथको मोबाइल पड्किँदा गम्भीर भई अस्पतालमा उपचारकाे क्रममा ज्यान गएकाे थियाे ।