काठमाडाैं । पछिलो समय कोरोना संक्रमितको संख्या उल्लेख्य बढेसँगै अस्पतालमा शैय्याको अभाव देखिएको छ । समयमै उपचार नपाएर धेरैले ज्यानसमेत गुमाउनुपरेको छ ।
यसैबीच सरकारे कोभिड–१९ सङ्क्रमितको उपचारका लागि शय्या चाहिएमा फाेन गरेर नाम टिपाउन अनुराेध गरेकाे छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक सूचना जारी गर्दै काेराेना संक्रमितका लागि शय्या चाहिएमा टोल फ्री नम्बर ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ ।
मन्त्रालयले बिरामीका लागि शय्या चाहिएमा वा अस्पताल जान परेमा ती टोल फ्री र मोबाइल नम्बरमा सम्पर्क गर्न सकिने जनाएकाे छ ।
चौबिसै घण्टा ती नम्बरमा फोन गर्न सकिने व्यवस्था मिलाइएको छ ।