काठमाडौं । उदयपुरमा टिकटक बनाउने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लास्थित कटारी नगरपालिका– ११ हर्देनी भिरमा टिकटक बनाउने क्रममा १८ वर्षीय सुवास परियारको मृत्यु भएको हो ।
धरान घर भएका उनी सुमाे गाडीमार्फत ओखलढुंगातर्फ जाँदै थिए । हर्देनीमा सुमो बिग्रिएपछि सवारीबाट ओर्लिएर उनी टिकटक बनाउन थालेका थिए ।
टिकटक बनाउँदै गर्दा भिरबाट लडेर गम्भीर घाइते भएका परियारलाई कटारी अस्पताल लैजाँदै गर्दा बाटाेमै मृत्यु भएको हाे ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक (एसपी) भीमप्रसाद दाहालले घटनास्थलबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।