close

नेपाली बजारमा भोलि सार्वजनिक हुन लागेको ‘रेड्मी नोट १० प्रो’ का ५ मुख्य विशेषता

टेकपाना टेकपाना

बैशाख ३०, २०७८ १४:४९

नेपाली बजारमा भोलि सार्वजनिक हुन लागेको ‘रेड्मी नोट १० प्रो’ का ५ मुख्य विशेषता

काठमाडाैं । साओमीको बहुप्रतिक्षित मिड रेन्ज फोन ‘रेड्मी नोट १० प्रो’ शुक्रबार नेपाली बजारमा सार्वजनिक हुँदै छ ।

साओमी नेपालले रेड्मी नोट १० प्रो म्याक्सलाई नेपाली बजारमा नाेट १० प्रोका रूपमा सार्वजनिक गर्न लागेको हो । याे फाेनमा रहेका मुख्य ५ विशेषतालाई छाेटकरीमा यहाँ चर्चा गरेका छाैं ।

डिस्प्ले

याे फोनमा १२० हर्ज रिफ्रेस रेटसहित ६.६७ इन्चकाे फुलएचडी प्लस सुपर एमाेलेड डिस्प्ले छ, जुन गाेरिल्ला ग्लास फाइभले प्राेटेक्सन गरिएकाे छ । फाेनकाे पछाडि स्प्ल्यास रेसिस्ट्यान्ट रहेकाे बताइएकाे छ ।

क्यामेरा

क्वाड क्यामेरा सेटअप भएको यस फोनमा सामसङकाे एचएम टु सेन्सरसहित १०८ मेगापिक्सलको प्राइमेरी लेन्स, ८ मेगापिक्सेलको सेकेण्डरी सेन्सर, अर्को ५ र २ मेगापिक्सेलका वाइड एंगल र म्याक्रो सेन्सर छ । त्यस्तै फाेनकाे बीचमा पञ्च हाेलसहित १६ मेगापिक्सेलकाे सेल्फी क्यामेरा छ ।

प्लेटफर्म

यो फोन अक्टाकोर क्वालकम स्नापड्रागन ७३२ जी प्रोसेसरबाट सञ्चालित छ । एन्ड्रोइड ११ मा आधारित फोनमा जीपीयू एड्रेनो ६१८ रहेको छ ।

मेमाेरी

याे फाेनमा ६ जीबी/६४ जीबी, ६ जीबी/१२८ जीबी र ८/१२८ जीबी स्टाेरेज भेरियन्ट छ । जसमा माइक्राे एसडीका लागि डेडिकेटेड स्लट पनि छ ।

ब्याट्री

याे फाेनमा ५०५० एमएएचको शक्तिशाली ननरिमुभेल ब्याट्री छ । जसमा आधा घण्टामा ६० प्रतिशत चार्ज गर्ने ३३ वाटकाे फास्ट चार्जर छ ।

नेपाली बजारमा शुक्रबार सार्वजनिक हुँदै रेड्मी नोट १० प्रो, कति होला मूल्य ?

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४