काठमाडौं । सरकारले नरेन्द्र बोहोरालाई राष्ट्रिय सूचना प्रविधि विकास समिति सदस्यमा नियुक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको हालैको मन्त्रिस्तरीय निर्णयबाट बोहोरालाई सरकारी डेटा सेन्टरको रुपमा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रको बोर्ड सदस्यमा मनोनित गरेको हो ।
नवनियुक्त बोर्ड सदस्य बोहोराले अबको चार वर्ष केन्द्रमा विज्ञ प्रतिनिधिको रुपमा काम गर्नेछन् । राष्ट्रिय सूचना प्रविधि विकास समिति (गठन) आदेश, २०५८ अनुसार बोहोरालाई सरकारले राष्ट्रिय सूचना प्रविधि केन्द्रको सञ्चालक समिति सदस्य पदमा नियुक्त गरेको हो ।
राष्ट्रिय सूचना प्रविधि विकास समितिले सूचना बैंकको रुपमा काम गर्न, सरकारी कार्यालयहरुको कम्प्युटर अभिलेखीकरण तथा विषवस्तुको विकास र विस्तार कार्यमा सघाउन र सूचना प्रविधि सम्बन्धी नीति तथा योजना कार्यान्वयन गर्न गराउने लगायतका काम गर्दै आएको छ ।
आईटी परीषदका उपाध्यक्ष उनले विगत १२ वर्षदेखि अमृत साइन्स लगायतका क्याम्पसमा सूचना प्रविधि विषयको प्राध्यापन समेत गर्दै आएका छन् ।