close

‘जालानको निधन देशकै आईसीटी उद्योगका लागि क्षति’

टेकपाना टेकपाना

बैशाख ३०, २०७८ २०:१३

‘जालानको निधन देशकै आईसीटी उद्योगका लागि क्षति’

काठमाडौं । वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडका सह-संस्थापक एवं निर्देशक विजयकुमार जालानको निधनले नेपालको इन्टरनेट सेवा उद्योग र समग्र देशकै आईसीटी उद्योगका लागि ठूलो क्षति पुगेको इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान) ले जनाएको छ ।

आईस्पानका तर्फबाट श्रद्धाञ्जली ज्ञापन गर्दै अध्यक्ष सुधिर पराजुलीले जालानको निधनले सिङ्गो संघ नै मर्माहत भएको उल्लेख गरे । जालान आईस्पानका वरिष्ठ सल्लाहकार एवं कार्यकारी सदस्य समेत रहेका थिए ।

कोभिड संक्रमित ४६ वर्षीय जालानको उपचारका क्रममा बिहीबार बिहान मेडिसिटी अस्पतालमा निधन भएको हो ।  

No description available.

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४