चितवन । भरतपुर अस्पतालले ‘कोभिड–१९ हेल्थ डेस्क’ सञ्चालनमा ल्याएको छ । कोरोना सङ्क्रमितका लागि शय्या, अक्सिजन, बिरामीले होमआइसोलेशनमा रहँदा कुनै स्वास्थ्य समस्या देखिएमा वा अन्य कुनै पनि जिज्ञासा भए सिधै फोनबाट चिकित्सकसँग परामर्श लिन सक्नेछन् ।
त्यसका लागि ०५६-५९६०९० मा सम्पर्क गर्न सकिने बताइएको छ । डेस्कका लागि १० चिकित्सक तथा छ पारामेडिक्सलाई जिम्मेवारी तोकिएको छ । यो सेवा २४सै घण्टा सेवा सञ्चालनमा छ ।
यसैबीच अनलाइन प्लेटफर्म ‘हाम्रो डक्टर’ले पनि इन्टरनेटको सुविधा नपुगेका ठाउँ र त्यहाँका बासिन्दालाई लक्षित गरी हटलाइन सेवा पनि सुरु गरेको छ । चिकित्सकसँग कोरोनासम्बन्धी जानकारी र परामर्श लिनका लागि ‘हाम्रो डक्टर’ले तीनवटा हटलाइन नम्बर सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार ९८०२३१५२२६, ९८०२३१५२२७ र ९८०२३१५२२८ नम्बरमा सम्पर्क गरी चिकित्सकहरुसँग कोरोना संक्रमण सम्बन्धी जानकारी तथा परामर्श लिन सकिने छ ।