काठमाडौं । कोभिड महामारीमा देखिएकाे अक्सिजन अभावलाई सहजीकरण गर्न गेमिङ स्ट्रिमर फोरके गेमिङ नेपालले गरेकाे च्यारिटी स्ट्रिमिङबाट एक लाख ६४ हजार रूपैयाँ संकलन गरेको छ ।
मंगलबार गरिएको ४ चार ओटा गेमिङ स्ट्रमिङबाट कूल एक लाख ३९ हजार ५८६ रुपैयाँ उठेको थियो । त्यसमा फोरके गमिङ नेपालले आफ्नो तर्फबाट २५ हजार रुपैयाँ थप गरेको छ ।
यो रकम शनिबार राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गर्ने फोरके गेमिङ नेपालका सञ्चालक पवन जंग शाहीले बताए । साेसल मिडियामा फाेरके नेपाल गेमिङ नेपालकै लाेकप्रिय गेमिङ स्ट्रिमर हाे ।