close

‘हेलो डाक्टर’ कार्यक्रम सुरु, घरबाटै निःशुल्क सेवा लिन सकिने

टेकपाना टेकपाना

जेठ ११, २०७८ ७:५३

‘हेलो डाक्टर’ कार्यक्रम सुरु, घरबाटै निःशुल्क सेवा लिन सकिने

लहान । बढ्दो कोरोना सङ्क्रमणको बेला सामान्य स्वास्थ्य समस्या हुँदा कहाँ जाने के गर्ने भन्ने समस्या समाधानका लागि लहान सिटी जेसिजको पहलमा घरै बसेकालाई फोनबाट निःशुल्क परामर्शको लागि ‘हेलो डाक्टर’ कार्यक्रम सुरु भएको छ ।

दिउँसो ३ः०० देखि साँझ ७ः०० बजेसम्म चल्ने हेलो डाक्टर कार्यक्रममा नवजात शिशु तथा बालरोग विशेषज्ञ अनिलकुमार यादव, ल्याप्रोस्कोपी सर्जन डा.शैलेन्द्रकुमार साह र मधुरोग, थाइराइड तथा मुटुरोग विशेषज्ञ डा.दिपेन्द्रप्रसाद साहले सेवा सञ्चालन गरेको लहान सिटी जेसिजका निवर्तमान अध्यक्ष वसन्त साहले जानकारी दिए ।

सामान्य स्वास्थ्य समस्यामा भयभित हुने उपचारका लागि कहाँ जाने सही परामर्शको अति आवश्यक देखिएकाले हेलो डाक्टर कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

लहान–२० का जीतेन्द्रकुमार साहले हेलो डाक्टर कार्यक्रमले लहान नगरपालिकाका २४ वटै वडाका स्थानीयले ठूलो राहत पाएको भन्दै सही परामर्शको अभावमा यतिबेला सामान्य स्वास्थ्य समस्या हुँदा पनि चिकित्सकिय परामर्शको अभावमा देखिएको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

हेलो डाक्टर कार्यक्रमका डा.शैलेन्द्र साहका अनुसार समयमा सही परामर्श दिएर उपचारका लागि कहाँ जानु पर्ने र हेलो डाक्टरको टिमले के सेवा दिएर कारोना महामारीबाट जोगाउन सकिने उद्धेश्यले यो सेवा सुरु गरेको प्रष्टयाए । निःशुल्क सेवाको लागि तीन डाक्टरले आफ्नो मोबाइल नम्बरसमेत सार्वजानिक गरेका छन् । -गाेरखापत्र

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१