close

कल्याणकारी परियोजनाका लागि सगुन र गैरआवासीय नेपाली संघको सहकार्य

टेकपाना टेकपाना

असार १२, २०७८ १०:२२

कल्याणकारी परियोजनाका लागि सगुन र गैरआवासीय नेपाली संघको सहकार्य

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) तथा संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सामाजिक सञ्जालमा आधारित ईकमर्स कम्पनी, सगुनबीच आपसी सहकार्यका लागि सम्झौता भएको छ ।

एनआरएनए र सगुन कल्याणकारी गतिविधिमा सहकार्य गर्ने सम्भावनाको खोजी गर्ने गरी सहमति भएको जनाइएको छ । ८२ मुलुकमा फैलिएको गैरआवासीय नेपाली संघले आफ्नो स्थापनाकालदेखि नै प्रवासमा रहेका नेपालीहरुले सुरु गरेका नवीनतम विचार तथा परियोजनालाई सघाउँदै आएकाे छ ।

एनआरएनएले सामाजिक सञ्जालमा आधारित ईकमर्समार्फत नेपाल र नेपाली डायस्पोरालाई विश्वस्तरमा चिनाउन सगुनले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा समेत गरेको उल्लेख गरिएको छ । त्यस्तै प्रवासमा रहेका नेपालीहरुद्वारा सुरु गरिएका नयाँ पुस्ताका स्टार्टअप कम्पनीहरुलाई प्रोत्साहित गर्न सगुनलाई सघाउने विश्वास पनि एनआरएनएले व्यक्त गरेको छ ।

‘अमेरिकाजस्तो अत्यन्त कडा प्रतिस्पर्धा रहेको सूचना प्रविधि क्षेत्रमा एउटा विश्वासिलो कम्पनीको रुपमा आफूलाई स्थापित गरेर नेपाल, भारत लगायतका मुलुकहरुमा आफ्नो सेवा विस्तार गरिरहेको कम्पनी, सगुनसँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौं,’  गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुमार पन्तले भनेका छन् ।

यसैगरी सगुनका संस्थापक गोविन्द गिरीले संसारभरि फैलिएका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघसंग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । उनले अहिले झण्डै ६५ लाख प्रयोगकर्ताहरुले सगुन एप चलाइरहेको बताउँदै गैरआवासीय नेपाली संघसँगको सहकार्य दुवै पक्षका लागि लाभदायी हुने बताएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५