close

विण्डोज ११ आधिकारिक रुपमा अक्टोबर २० मा आउने अनुमान

टेकपाना टेकपाना

असार १५, २०७८ १०:८

विण्डोज ११ आधिकारिक रुपमा अक्टोबर २० मा आउने अनुमान

काठमाडौं । माइक्रोसफ्टले गत बिहीवार विण्डोज ११ घोषणा गरेको छ । साे अवसरमा कम्पनीले नयाँ विण्डोज ओएसमा हुने धेरै फिचर र अपग्रेडसँग सम्बन्धित कुराकाे जानकारी दिएको छ । यसैबीच कम्पनीले प्रयोगकर्ताका लागि अक्टोबरदेखि यो ओएस उपलब्ध गराउने तयारी गरेको छ ।

माइक्रोसफटमा सर्फेस टिमका मुख्य इन्जिनियर स्टिभी ब्याथिसले माइक्रोसफ्ट विण्डोज टिमका प्रमुख पानोस पानायलाई पठाएको एक सन्देशका आधारमा अक्टोबरमा सार्वजनिक हुने अनुमान गर्न सकिन्छ । साे सन्देशमा ब्याथिसले ‘कान्ट वेट फर अक्टाेबर’ लेखेकी छन् ।

Windows 11 expected to arrive October 20

त्यस्तै माइक्रोसफ्टले प्रस्तुत गरेको प्रोमो सामग्रीअन्तर्गत विण्डोज ११ को टास्कबारमा अक्टोबर २०, २०२० को मिति राखिएको छ ।

Windows 11 expected to arrive October 20

यद्यपि माइक्रोसफ्टले विण्डाेज ११ काे रिलिज डेट घाेषणा गरिसकेकाे छैन ।

कसरी डाउनलोड गर्ने विण्डोज ११ को प्रारम्भिक भर्सन ?

यदि तपाईं नयाँ विण्डोजको सक्कली भर्सन इन्स्टल गर्न चाहनुहुन्छ भने माइक्रोसफ्टले आफ्नो विण्डोज इन्साइडर प्रोग्राम मार्फत अर्को हप्तादेखि त्यसलाई शेयर गर्ने बताएको छ । यदि तपाईं विण्डोजको प्रारम्भिक भर्सनमा खेल्न चाहनुहुन्छ भने यहाँ क्लिक गरी विण्डोज इन्साइडर प्रोग्राममा जोडिन सक्नुहुन्छ ।

तर एउटा कुरा यहाँनिर के ख्याल राख्नुहोस् भने विण्डोजको प्रारम्भिक भर्सन आफूले दैनिक रुपमा काम गर्ने कम्प्युटरमा भने नराख्नुहोस् । लिङ्कमा क्लिक गरिसकेपछि रजिस्टर बटनमा दबाउनुहोस् र आफ्नो माइक्रोसफ्ट अकाउन्टबाट साइन ईन गर्नुहोस् ।

विण्डोज डटकममा गएर वा यहाँ क्लिक गरी पीसी हेल्थ चेक एप डाउनलोड गरी तपाईंको अहिलेको विण्डोज १० कम्प्युटर विण्डोज ११ मा निःशुल्क रुपमा अपग्रेड गर्न सकिन्छ वा सकिँदैन भनेर हेर्न सक्नुहुन्छ ।

यद्यपी तपाईंलाई ‘You can’t install Windows 11’ भनिएको छ भने तपाईंले बीआईओएस चेक गर्नुपर्ने हुनसक्छ । तर यदि तपाईं पर्खिन चाहनुहुन्छ भने माइक्रोसफ्टले योग्य विण्डोज १० मा आउँदो क्रिशमसदेखि विण्डोज ११ को निःशुल्क अपग्रेड रोलआउट हुने बताएको छ । जुन २०२२ सम्म जारी रहनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५