close

अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर भाडामा उपलब्ध गराउँदै रिचार्जर, एक घण्टामा डेलिभरी

टेकपाना टेकपाना

असार १९, २०७८ १४:१४

अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर भाडामा उपलब्ध गराउँदै रिचार्जर, एक घण्टामा डेलिभरी

काठमाडाैं । ईकमर्स प्लेटफर्म रिचार्जरले अक्सिन सिलिण्डर र कन्सन्ट्रेटर भाडामा उपलब्ध गराउने भएको छ । नेपाली बजारमा कोभिडसम्बन्धी उपकरण सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको रिचार्जरले अब महँगो मूल्यका उपकरणहरू भाडामा पनि उपलब्ध गराउने भएको हो ।

१० लिटर क्षमताको अक्सिजन सिलिण्डर प्रतिदिन २५० र ४० लिटर क्षमताको प्रतिदिन ३७५ रुपैयाँमा भाडामा उपलब्ध हुनेछ । त्यसैगरी ५ लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर प्रतिदिन ५०० रुपैयाँ र १० लिटर क्षमताको प्रतिदिन १,००० रुपैयाँमा भाडामा उपलब्ध गराउने रिचार्जरले जनाएको छ ।

आपसी सहमतिमा धरौटी लिएर अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर भाडामा उपलब्ध गराउने व्यवस्था गरिएको हाे । यसका साथै सिलिण्डर खरिद गर्न चाहनेलाई रिचार्जरले १० लिटरको अक्सिजन सिलिण्डर ९,५०० र ४० लिटरको १४,५०० रुपैंयामा उपलब्ध गराउने छ ।

रिचार्जरमा अर्डर गरिएका कोभिड उपकरणका साथै अन्य वस्तुहरु उपत्यकामा एक घण्टा र मुलुकभर २४ घण्टामा डेलिभरी गर्ने कम्पनीकाे दाबी छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३