close

किरिनको अभावमा पी५० सिरिजमा स्न्यापड्रागन चिपसेट प्रयोग गर्दै ह्वावे

टेकपाना टेकपाना

साउन २, २०७८ ८:२३

किरिनको अभावमा पी५० सिरिजमा स्न्यापड्रागन चिपसेट प्रयोग गर्दै ह्वावे

काठमाडौं । हाल विश्व बजारमा चिपसेटको अभाव सिर्जना भइरहेको छ । मागअनुसार चिप उत्पादन हुन नसक्दा विद्युतीय सवारी, स्मार्टफोन निर्माता लगायत मारमा परिरहेका छन् ।

यस्तोमा चिनियाँ प्रविधि कम्पनी ह्वावेलाई पनि चिप अभावको असर पर्ने निश्चित छ । कम्पनीले आगामी दिनमा पी५० सिरिजका स्मार्टफोन विश्व बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

यसअघि ह्वावेको पी५० सिरिज किरिन चिपसेटका साथ बजार उपलब्ध हुने जनाइएको थियो । तर, अब भने उक्त फोनमा क्वालकमको स्न्यापड्रागन चिपसेट प्रयोग हुने अनुमान गरिएको छ ।

अमेरिकामा प्रतिबन्ध खेपिरहेको ह्वावेले आफूले प्रयोग गर्दै आएको किरिन चिपसेटको आपूर्तिमा समेत असहजता भएसँगै स्न्यापड्रागन चिपसेट प्रयोगमा ल्याउने भएको छ ।

प्राप्त जानकारी अनुसार हाल किरिन चिपसेटको आपूर्ति सीमित मात्रमा भइरहेको छ र स्टकमा रहेका चिपसेट पी५० सिरिजका लागि अपुग हुने भएपछि कम्पनीले क्वालकमको स्न्यापड्रागन चिपसेट प्रयोगमा ल्याउने तयारी गरेको हो ।

अमेरिकाले फाइभजी प्रविधिमा ह्वावेलाई प्रतिबन्ध लगाएकाले कम्पनीले सार्वजनिक गर्ने उक्त फोनमा स्न्यापड्रागन ८८८ को फोरजी भर्सनको चिपसेट उपलब्ध हुने अनुमान गरिएको छ । यसको अर्थ ह्वावे पी ५० फोरजी फोनको रुपमा बजारमा आउनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१