close

५ वर्षभित्र फेसबुकलाई यस्तो कम्पनी बनाउन चाहन्छन् जुकरबर्ग

टेकपाना टेकपाना

साउन ११, २०७८ १८:२३

५ वर्षभित्र फेसबुकलाई यस्तो कम्पनी बनाउन चाहन्छन् जुकरबर्ग

काठमाडौं । फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरबर्गले आफूले फेसबुकलाई ‘मेटाभर्स कम्पनी’ को रुपमा स्थापित गर्न चाहेको बताएका छन् । मेटाभर्स अर्थात् अनलाइनमा आधारित विश्व हो । जहाँ प्रयोगकर्ताले भर्चुअल भीआर हेडसेटको माध्यममार्फत गेम खेल्न, काम गर्न र भर्चुअल माध्यममा कुराकानी गर्न सक्नेछन् ।

उनले अबको ५ वर्षभित्र यो परिकल्पनालाई साकार पार्ने याेजना रहेकाे सुनाए । ‘कन्टेन्ट हेर्नमात्र नभएर प्रयोगकर्तालाई त्यसैमा कनेक्ट गराउने खालको योजना छ,’ उनले भने, ‘त्यसका लागि कम्पनीले ५ वर्ष लाग्ने जनाएको छ ।’

उनले मोबाइल फोनमा मान्छेको निर्भरतालाई लिएर भने, ‘त्यहीमात्रै प्रयोगकर्ता बीच हुने अन्तर्क्रियाको माध्यम हुनु राम्रो हाेइन । त्यसैले हामी प्रयोगकर्तालाई थप सेवा उपलब्ध गराउने गरी काम गर्दैछौं ।’

त्यसका लागि फेसबुकले ‘इन्फिनिटी अफिस’ मा काम गरिरहेको छ, जसमार्फत प्रयोगकर्ताले भीआरमार्फत आफ्नो आईडीएल वर्कप्लेस निर्माण गर्न सक्नेछन् । त्यो हुँदा कुनै मोबाइलमा बसेर काम गर्नुभन्दा तपाईं सबैसँग भएर काम गरिरहेको अनुभव यसले प्रदान गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१