close

नेपाली बजारमा घट्यो आईफोनको मूल्य, कुनको कति ?

टेकपाना टेकपाना

साउन १४, २०७८ १७:१५

नेपाली बजारमा घट्यो आईफोनको मूल्य, कुनको कति ?

काठमाडौं । नेपाली बजारमा आईफोनका केही मोडलको मूल्य घटेको छ । आईफोनको बिक्रेता ईभो स्टोरले आईफोन ११ तथा आईफोन १२ सिरिजका केही फोनको मूल्य घटाएको हो । जसमा आईफोन ११, आईफोन १२, १२ प्रो र १२ प्रो म्याक्स रहेका छन् ।

योसँगै अब ६४ जीबी क्षमताको आईफोन ११ मात्र ९२ हजार रुपैयाँमा खरिद गर्न सकिने भएको छ । त्यस्तै १२८ जीबी क्षमताको आईफोन ११ अब ९९ हजार ९ सय ९० रुपैयाँमा उपलब्ध भएको छ । यसअघि यी फोनको मूल्य क्रमशः ९९ हजार ९ सय र एक लाख ६ हजार ९ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै कम्पनीले एक लाख ३३ हजार ९ सय रुपैयाँ पर्ने ६४ जीबी क्षमताको आईफोन १२ एक लाख २६ हजार ९ सय रुपैयाँमा उपलब्ध गराउने भएको छ । भने, १२८ र २५६ जीबी क्षमताको आईफोन १२ क्रमशः एक लाख ३६ हजार ९ सय र एक लाख ५२ हजार ९ सय रुपैयाँमा खरिद गर्न सकिने भएको छ ।

आईफोन १२ सिरिज अन्तरगत नै आईफोन १२ प्रोको १२८ जीबी भेरियन्ट अब एक लाख ६३ हजार ३ सय रुपैयाँमा उपलब्ध हुनेछ । जसको पुरानो मूल्य एक लाख ६९ हजार ९०० रुपैयाँ रहेको थियो । त्यस्तै एक लाख ८६ हजार ९ सय रुपैयाँ पर्ने २५६ जीबी भेरियन्टको आईफोन १२ प्रो अब एक लाख ७९ हजार ९ सय रुपैयाँमा उपलब्ध हुनेछ ।

यसैगरी एक लाख ८५ हजार ९०० रुपैयाँ पर्ने आईफोन १२ प्रो म्याक्स १२८ जीबी भेरियन्ट अब एक लाख ७९ हजार ९०० रुपैयाँ खरिद गर्न सकिने भएको छ । २५६ जीबी भेरियन्टको आईफोन १२ प्रो म्याक्स अब एक लाख ९६ हजार ९०० रुपैयाँमा उपलब्ध हुनेछ । जसको पुरानो मूल्य २ लाख २ हजार ९ सय रुपैयाँ रहेको थियो ।

इभो स्टोरका अनुसार यो मूल्य केही समयका लागिमात्रै लागू हुनेछ । खरिदकर्ताले काठमाडौं उपत्यकाको दरबार मल, लबिम मल, शेर्पा मल तथा पोखराको मिड–टाउन ग्यालेरिया मलमा रहेको बिक्रेताको आउटलेटबाट खरिद गर्न सक्नेछन् ।

कम्पनीका यी फोन ईएमआईमा समेत खरिद गर्न सकिने छ । ईएमआइको लागि साझेदारी बैंकको क्रेडिट कार्डबाट आवेदन दिएको खण्डमा भुक्तानी बिना नै ईएमआई सुविधामा लिन सकिने कम्पनीले जनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१