close

आफ्नै ब्राण्डमा फाइभजी एन्ड्रोइड फोन ल्याउँदै डिश नेटवर्क

टेकपाना टेकपाना

साउन २६, २०७८ १२:२६

आफ्नै ब्राण्डमा फाइभजी एन्ड्रोइड फोन ल्याउँदै डिश नेटवर्क

काठमाडौं । स्याटेलाइटमा आधारित अमेरिकाको टेलिभिजन सेवाप्रदायक कम्पनी डिश नेटवर्कले आफ्नो ब्राण्डमा फाइभजी एन्ड्रोइड स्मार्टफोन ल्याउने तयारी गरेको छ ।

क्लाउण्डमा आधारित नेक्स्ट जेनेरेसन नेटवर्कको समेत तयारी गरिरहेको कम्पनीले स्मार्टफोनमा समेत लगानी गर्ने भएको हो । जसको नाम ‘सेलेरो’ दिइएको छ । सेलोरो ल्याटिन शब्द हो । जसले स्विफ्ट मुभमेन्टलाई चिनाउँछ ।

कम्पनीले क्लाउडमा आधारित ग्रीनफिल्ड फाइभजी नेटवर्क निर्माण गरिरहेको छ । उक्त नेटवर्क सबै स्मार्टफोनले सपोर्ट नगर्ने हुँदा कम्पनी आफ्नै ब्राण्डमा नयाँ फाइभजी स्मार्टफोन ल्याउने तयारीमा जुटेकाे हाे ।

कम्पनीले फाइभजी नेटवर्कका लागि ‘एटी एन्ड टी’ सँग सहकार्य गरिसकेको छ । जसमा डिस नेटवर्कका ग्राहकको हकमा फोरजी एलटीई फलब्याक सुविधा उपलब्ध रहेको छ । तर, डिस नेटवर्क आफैंले ल्याउने मोबाइलको हकमा भने यस्तो हुने छैन ।

कम्पनीले एलटीईमा फलब्याक बिनै फाइभजी सर्भिस ल्याउने तयारी गरेको जनाएको छ ।

यदि यस्तो भएको खण्डमा एलटीईमा फलब्याक बिनै काम गर्न सक्ने पहिलो फाइभजी उपलब्ध गराउने डिश नेटवर्क पहिलो कम्पनी बन्ने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३